एजेन्सी–कोरोना संक्रमणका कारण विश्वभर मृत्यु हुनेहरुको संख्या साढे ७ लाख नाघेको छ। जोन्स हप्किन्स विश्वविद्यालयको पछिल्लो तथ्यांकअनुसार विश्वभर ७ लाख ५२ हजार ५१ जनाको मृत्यु भएको हो।
सबैभन्दा धेरै अमेरिकामा १ लाख ६७ हजार २९ जनाको मृत्यु भएको छ भने ब्राजिलमा १ लाख ४ हजार २ सय १, मेक्सिकोमा ५४ हजार ६ सय ६६, भारतमा ४७ हजार ३३, बेलायतमा ४६ हजार ७ सय ९१ र इटालीमा ३५ हजार २ सय ३१ र फ्रान्समा ३० हजार ३ सय ७६ र स्पेनमा २८ हजार ६ सय ५ जनाको मृत्यु भएको छ।
संक्रमणबाट अमेरिकामा ५२ लाख ४४ हजार २ सय ३३ जना संक्रमित भएका छन् भने ब्राजिलमा संक्रमितको संख्या ३१ लाख ६४ हजार ७ सय ८५ पुगेको छ। यस्तै, भारतमा २३ लाख ९६ हजार ६ सय ३७ जना र रुसमा ९ लाख ५ हजार ७ सय ६२ जना संक्रमित भएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।