• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज २१, २०८३ Wed, Oct 7, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाज

३३ अर्ब लागत अनुमानसहित पशुपति क्षेत्र विकास गुरुयोजना सार्वजनिक, यस्तो छ कामको विवरण

64x64
नेपाल लाइभ बिहीबार, साउन २९, २०७७  १८:३४
1140x725

काठमाडौं- सरकारले ३३ अर्ब रुपैयाँभन्दा बढी लगात अनुमानसहित पशुपति क्षेत्र विकास गुरुयोजना सार्वजनिक गरेको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आर्थिक वर्ष २०७७/०७८ देखि २०९१/०९२ सम्मको कार्ययोजना सार्वजनिक गरेको हो।

पशुपति क्षेत्र विकास कोषले गुरुयोजनाको मार्गदर्शक सिद्धान्त, लक्ष्य, दर्शन, उद्देश्य, क्रियाकलाप, दिर्घकालीन रणनीति र अल्पकालीन रणनीति, लक्षित समूह र प्रमुख कामसहितको गुरुयोजना बिहीबार सार्वजनिक गरेको हो।

गुरुयोजनाको विषयमा लामो समयदेखि विवाद भएको थियो। कोषले आगामी एक सय वर्षको सोचसहित ५० वर्षको अनुमानित तथ्यांकलाई विश्लेषण गरी गुरुयोजना सार्वजनिक गरेको बताइएको छ।

कोषले गुरुयोजनाअनुसारका काम गर्न ३३ अर्ब ६ करोड ६४ लाख ५१ हजार रुपैयाँ लाग्ने अनुमान गरेको छ। कोषले ४ वटा क्षेत्रको ३७ वटा उपक्षेत्र निर्धारण गरी गुरुयोजना तय गरेको छ।

गुरुयोजनाको मार्गदर्शक सिद्धान्त
-पशुपति क्षेत्रको धार्मिक, सांस्कृतिक, ऐतिहासिक एवं पुरातात्विक महत्वको प्रवर्द्धन गर्ने

-पशुपति क्षेत्रको विकासका लागि आन्तरिक आर्थिक स्रोतलाई सुदृढ बनाउदै बाह्य स्रोत को खोजी र परिचालन गर्ने। सरोकारवालाहरूको सहभागिता र सहकार्यलाई प्राथमिकता दिएर यस क्षेत्रको विकास एवं संरक्षणका लागि उनीहरूको दक्षता र विषेशताको सदुपयोग गर्ने

-भगवान् श्रीपशुपतिनाथका नामबाट शिक्षा स्वास्थ्य र समाज कल्याणका क्षेत्रमा कार्यक्रम सञ्चालन गर्ने। सम्पदा संरक्षणमा प्राचीनता र सेवा(सुविधाको बिकासमा आधुनिक प्रविधिको कलात्मक संयोजन गर्ने।

गुरुयोजनाको लक्ष्य
-पशुपति क्षेत्रको संस्कृति, प्रकृति र सम्पदाको संरक्षण गरी यसलाई धार्मिक, आध्यात्मिक रूपमा अन्तर्राष्ट्रिय सनातन तीर्थ एवं आकर्षक पर्यटकीय गन्तव्य बनाइने छ।

Ncell 2
Ncell 2
nimb
nimb

गुरुयोजनाको दर्शन
-मानिस, प्रकृति र सस्कृतिको सहजीवन
-सम्पदा र त्यसको परिवेशको एकीकृत संरक्षण
-समतामूलक विकास निर्माण

गुरुयोजनाको उद्देश्य
-धार्मिक-आध्यात्मिक वातावरणको प्रवर्द्धन गर्नु,

-बागमती नदीको शुद्धीकरण र जलप्रवाह प्रवर्द्धन गर्नु

-धार्मिक, सामाजिक एवं पुरातात्विक महत्वका स्मारकहरूको संरक्षण गर्नु,

Xtrem

Xtrem

-दर्शनार्थी तथा पर्यटकहरूको सेवा सुविधाको लागि भौतिक पूर्वाधारको विकास गर्नु,

-प्राकृतिक सम्पदाको संरक्षण एवं प्रवर्द्धन गर्नु,

-सनातन धर्म, संस्कृति र पुरातत्वका मान्यता प्रतिकुलका क्रियाकलापको नियन्त्रण गर्नु,

-योजनाबद्ध एवं नियन्त्रित विकास निर्माण गर्नु,

-शिक्षा, स्वास्थ्य र जनकल्याणका कार्यक्रम संचालन गर्नु,

-योजना कार्यान्वयनबाट पर्न गएको असरलाई न्यनीकरण गर्दै न्यायोचित पुनर्भरण गर्नु,

-ठोस तथा तरल फोहर मैलाको उचित निकासको व्यवस्था गर्नु,

-प्रभावपूर्ण सुरक्षा प्रणालीको व्यवस्था गर्न,

-सुव्यवस्थित यातायात प्रणालीको व्यवस्था गर्ने,

-धार्मिक सांस्कृतिक क्षेत्र अनुकलको सौन्दर्य सिर्जना गर्न 

गुरुयोजनाका प्रमुख क्रियाकलाप
- धार्मिक आध्यात्मिक बातावरणको प्रवर्द्धन गर्नका लागि नियमित भजन कीर्तन, सत्मन, पुराण, प्रवचन, वेदपाट जस्ता कार्यक्रमहरू सञ्चालन गरिने।

-बाग्मती नदीको शुद्धीकरण र जलप्रवाह प्रवर्द्धनका लागि अधिकार सम्पन्न बाग्मती सभ्यता एकीकृत विकास समितिसँग समन्वय गरी नदीको नियमित सरसफाइ तथा सुखा याममा जलप्रवाह बढाउन गृहेश्वरी पूर्व विशाल जलाशय निर्माण गरिने।

-धार्मिक, सामाजिक एवं पुरातात्विक महत्वका स्मारकहरूको संरक्षणका लागि तिनको भौतिक स्थितिको सर्वेक्षणका गरी प्राथमिकताका आधारमा संरक्षण गर्ने। 

-मन्दिरका हकमा सरक्षणसँगै पजा व्यवस्था तथा सत्तल, पाटी आदिका हकमा पुनः प्रयोगको योजना समेत बनाइने।

-दर्शनार्थी तथा पर्यटकहरूको सेवा सुविधाको लागि भौतिक पूर्वाधारको विकास गर्ने सन्दर्भमा अत्यावश्यक सुविधा सहितको पशुपति दर्शनपथ, पशुपति क्षेत्र प्रदक्षिणा पथ, पूजा सामग्री पसल, निःशुल्क भोजन व्यवस्था तथा प्रयाप्त पानी, शौचालय र सुरक्षाको समेत व्यवस्था गरिने।

-प्राकृतिक सम्पदाको संरक्षण एवं प्रवर्द्धन गर्ने सन्दर्भमा भूक्षय नियन्त्रण, हाता पर्खाल निर्माण तथा बृक्षारोपणका कार्यक्रमहरू सञ्चालन गरिने।

- सनातन धर्म, संस्कृति र पुरातत्वका मान्यता प्रतिकलका क्रियाकलापको नियन्त्रण तथा योजनाबद्ध विकासका सम्बन्धमा मापदण्डको कार्यान्वयन गरिने।

- शिक्षा, स्वास्थ्य र जनकल्याणका सम्बन्धी कार्यक्रमका सम्बन्धमा वर्तमान वेदविद्याश्रममा प्लस २ सम्म सञ्चालन गर्ने र उच्चशिक्षा, स्वास्थ्य प्रतिष्ठान एवं सामुदायिक सेवा सम्बन्धी कार्यक्रमहरू चरणबद्ध रूपमा सेवा क्षेत्र गोठाटारमा सञ्चालन गरिने।

-योजना कार्यान्वयनबाट पर्न सक्ने असरको अध्ययन गरी उचित क्षतिपूर्ति वा पुनःस्थापनको व्यवस्था गरिने।

-फोहोर मैलाको निकासको सन्दर्भमा काठमाडौं महानगरपालिकाको वातावरण व्यवस्थापन विभाग अन्तर्गत फोहोर मैला व्यवस्थापन महाशाखासँग समन्वय र निजी क्षेत्रको सहयोग समेत परिचालन गरी फोहोर निकास र सफाइको प्रभावकारी व्यवस्था गरिने।

-प्रभावपूर्ण सुरक्षा व्यवस्थाका सम्बन्धमा पशुपति क्षेत्र मात्र कार्यक्षेत्र भएको सुरक्षा संयन्त्र खडा गर्न नेपाल सरकारसँग अनुरोध गरिने र कोषबाट पनि आवश्यकता अनुसार सुरक्षाकर्मीको व्यवस्था गरिने छ।

-पशुपति क्षेत्रमा आउने भक्तजन र पर्यटकहरूको आवागमनलाई सुलभ र सहज बनाउनाका लागि आवश्यक व्यवस्था गर्न नेपाल सरकारसँग अनुरोध गरिने।

-पशुपति क्षेत्रमा प्रतिदिन बहुसंख्यक तीर्थयात्रीहरूको आवागमन हुने र पर्व विशेषमा अत्याधिक चाप हुने अवस्थाका साथै तिलगंगा, गौशाला, चावहिल मार्गको दायाँबायाँ प्राचीन सम्पदा समेत भएकाले तिनको सुरक्षाका लागि समेत यस खण्डको चक्रपथको वैकल्पिक व्यवस्था गर्न अत्यावश्यक भएकाले सोका लागि नेपाल सरकारसँग अनुरोध गरिने छ।

-धार्मिक सांस्कृतिक क्षेत्र अनुकूलको सौन्दर्य सिर्जना गर्ने सन्दर्भमा बनबाटिकाको विकास, हरियाली प्रवर्द्धन, सरसफाइका साथै सम्पदाहरूको संरक्षणमा विशेष ध्यान दिई कार्यक्रम अघि बढाइने।

प्रमुख विषयगत कार्यक्रम
-धार्मिक-आध्यात्मिक वातावरण प्रवर्दन
- मूर्त सम्पदा संरक्षण (जीर्णोद्धार तथा पुनर्निर्माण)
- अमूर्त सम्पदा संरक्षण
- सेवा सुविधा विकास विस्तार
-प्राकृतिक वातावरण संरक्षण, संवर्धन
- शिक्षा, स्वास्थ्य र समाजकल्याण
-अध्ययन, अनुसन्धान र प्रकाशन
गुरुयोजनाको लक्ष्यित समूह
- पशुपति क्षेत्रका मन्दिरहरूमा नियमित दर्शन गर्न आउने भक्तजन, पूजारी र पूजारीका सहयोगीहरू
-स्वदेशी तथा विदेशी तीर्थयात्रीहरू,
-सन्त, महन्त एवं साधु, सन्यासीहरू,
-पशुपति क्षेत्रका बासिन्दाहरू
-घाटमा ल्याइएका बिरामी र तिनका कुरुवा आफन्तजनहरू,
-अन्तिम संस्कारमा सहभागी मलामी तथा किरियापुत्रीहरू
-वन, वनस्पति र पशुपन्छीहरू
-यस क्षेत्रमा धार्मिक, सांस्कृतिक कार्य गर्न आउने व्यक्ति र सहभागीहरू पशुपति क्षेत्रको धर्म, संस्कृति, दर्शन, पुरात्व र पर्यावरणका बारेमा अध्ययन अनुसन्धान गर्न चाहने अध्येता/अनुसन्धाताहरू

गुरुयोजनाको दीर्घकालीन रणनीति
-धार्मिक आध्यात्मिक कार्यक्रम संचालनमा विशेष ध्यान दिइने।
- बागमती नदीको जलप्रवाह बढाउन पानी सङ्कलनको व्यवस्था गरिने।
-पशुपति क्षेत्रका मूर्त-अमूर्त सम्पदाको संरक्षणको कार्यलाई चरण बद्धरूपमा सञ्चालन गरिने।
- दर्शनार्थी एवं पर्यटकको सेवा सुविधासँग सम्बन्धित कार्यलाई विशेष प्राथमिकतामा राखेर अघि बढाइने।
- पशुपति क्षेत्रको सस्कृति र प्रकृतिको संरक्षणमा विशेष ध्यान दिवार कार्यक्रम संचालन गरिने।
- पशुपतिनाथका नामबाट समाजको उत्थानमा सहयोग पुग्ने गरी शैक्षिक प्रतिष्ठान, स्वास्थ्य प्रतिष्ठान र सामुदायिक कल्याणका कार्यक्रम संचालनमा जोड दिइने।
- पशुपति क्षेत्रको स्वच्छता सुन्दरता र सुरक्षामा विशेष ध्यान दिइने।
गुरुयोजनाको अल्पकालीन रणनीति
- गुरुयोजनाको कार्यान्वयन चरणबद्ध रूपमा गरिने छ।
- प्राथमिकताका आधारमा कार्यक्रमलाई चरणाबद्ध गरिने।
- पशुपति क्षेत्रका स्मारकहरूको संरक्षण तथा सेवा सुविधा विस्तारको एक चक्र पहिलो चरण अर्थात् १० वर्षमा पुरा गरिने।
- शिक्षा, स्वास्थ्य, समाज कल्याण, स्मारक संरक्षण तथा सेवा सुविधा विस्तारका कार्यक्रमहरू आवश्यकता र औचित्यका आधारमा निरन्तर संचालित र बिस्तारित हुँदै जाने।
- चरणबद्ध कार्यक्रम अन्तर्गत वार्षिक कार्यक्रम बनाई कार्यान्वयन गरिने।

प्रकाशित मिति: बिहीबार, साउन २९, २०७७  १८:३४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
ठूलाे संख्यामा उपसचिवकाे सरूवा, काे कहाँ (नामावलीसहित)
लमजुङमा एक घण्टामा २८.६ मिलिमिटर वर्षा
महाधिवेशनको चौथो दिन : के-के हुँदैछ ?
सम्बन्धित सामग्री
भोटेकोशी बाढीः खोज तथा उद्धार स्थगन, पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि पाँच खर्ब ५९ अर्ब माग प्रभावित क्षेत्रको पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि विभिन्न मन्त्रालय र निकायहरूबाट प्राप्त ५०४ वटा योजना तथा कार्यक्रमका लागि प... सोमबार, असोज १९, २०८३
जितीया पर्वले आपसी सम्मान र सद्भाव कायम गर्दछ: राष्ट्रपति पौडेल जितीया पर्वको अवसरमा आज उनले सम्पूर्ण नेपालीमा सुख, शान्ति र समृद्धिका लागि शुभकामना व्यक्त गर्दै यस्ता पर्वले आपसी सहिष्णुताको भावन... शनिबार, असोज १७, २०८३
एकपछि अर्को अन्तराष्ट्रिय मञ्चमा जलवायू न्यायको मुद्दा उठाउदै नेपाल, आईपियूमा आपतकालिन प्रस्ताव दर्ता गराउने उक्त प्रस्तावलाई पारित गराउन परराष्ट्र मन्त्रालयमार्फत कुटनीतिक पहल भइरहेको जानकारी दिँदै सभामुख अर्यालले सम्मेलनका क्रममा विभिन्न द... शुक्रबार, असोज १६, २०८३
ताजा समाचारसबै
मेसीलाई ब्युनस आयर्स विश्वविद्यालयको मानार्थ विद्यावारिधि बुधबार, असोज २१, २०८३
ठूलाे संख्यामा उपसचिवकाे सरूवा, काे कहाँ (नामावलीसहित) बुधबार, असोज २१, २०८३
लमजुङमा एक घण्टामा २८.६ मिलिमिटर वर्षा बुधबार, असोज २१, २०८३
महाधिवेशनको चौथो दिन : के-के हुँदैछ ? बुधबार, असोज २१, २०८३
पासाङ ल्हामु राजमार्ग, बेंसीसहर–खाङसार र बेनी–जोमसोम सडक अवरुद्ध बुधबार, असोज २१, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
कांग्रेस १५औँ महाधिवेशन : अन्तिम मतदाता नामावली सार्वजनिक मंगलबार, असोज २०, २०८३
एमालेमा ओलीको आलोचना गर्न प्रतिबन्ध मंगलबार, असोज २०, २०८३
सर्वोच्च अदालतको न्यायाधीशमा चार जनाको नाम सिफारिस मंगलबार, असोज २०, २०८३
विशेष समितिको बैठक बोलाइयो, गृहसहित तीन मन्त्रालयसँग छलफल हुने मंगलबार, असोज २०, २०८३
सशस्त्रका एआईजी वंशीमाथि छानबिनको जिम्मा अर्का एआईजी अन्जनीलाई मंगलबार, असोज २०, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
फ्लाई दुबई घटनामा नयाँ अपडेट : घाइते क्याप्टेन स्थिर, यूएईले खोज्दैछ घटनाको उद्देश्य बिहीबार, असोज १५, २०८३
ककपिटमा झडपपछि १४ हजार फिट तल झर्‍यो विमान, साउदीमा आकस्मिक अवतरण बुधबार, असोज १४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्