काठमाडौं- सरकारले ३३ अर्ब रुपैयाँभन्दा बढी लगात अनुमानसहित पशुपति क्षेत्र विकास गुरुयोजना सार्वजनिक गरेको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आर्थिक वर्ष २०७७/०७८ देखि २०९१/०९२ सम्मको कार्ययोजना सार्वजनिक गरेको हो।
पशुपति क्षेत्र विकास कोषले गुरुयोजनाको मार्गदर्शक सिद्धान्त, लक्ष्य, दर्शन, उद्देश्य, क्रियाकलाप, दिर्घकालीन रणनीति र अल्पकालीन रणनीति, लक्षित समूह र प्रमुख कामसहितको गुरुयोजना बिहीबार सार्वजनिक गरेको हो।
गुरुयोजनाको विषयमा लामो समयदेखि विवाद भएको थियो। कोषले आगामी एक सय वर्षको सोचसहित ५० वर्षको अनुमानित तथ्यांकलाई विश्लेषण गरी गुरुयोजना सार्वजनिक गरेको बताइएको छ।
कोषले गुरुयोजनाअनुसारका काम गर्न ३३ अर्ब ६ करोड ६४ लाख ५१ हजार रुपैयाँ लाग्ने अनुमान गरेको छ। कोषले ४ वटा क्षेत्रको ३७ वटा उपक्षेत्र निर्धारण गरी गुरुयोजना तय गरेको छ।
गुरुयोजनाको मार्गदर्शक सिद्धान्त
-पशुपति क्षेत्रको धार्मिक, सांस्कृतिक, ऐतिहासिक एवं पुरातात्विक महत्वको प्रवर्द्धन गर्ने
-पशुपति क्षेत्रको विकासका लागि आन्तरिक आर्थिक स्रोतलाई सुदृढ बनाउदै बाह्य स्रोत को खोजी र परिचालन गर्ने। सरोकारवालाहरूको सहभागिता र सहकार्यलाई प्राथमिकता दिएर यस क्षेत्रको विकास एवं संरक्षणका लागि उनीहरूको दक्षता र विषेशताको सदुपयोग गर्ने
-भगवान् श्रीपशुपतिनाथका नामबाट शिक्षा स्वास्थ्य र समाज कल्याणका क्षेत्रमा कार्यक्रम सञ्चालन गर्ने। सम्पदा संरक्षणमा प्राचीनता र सेवा(सुविधाको बिकासमा आधुनिक प्रविधिको कलात्मक संयोजन गर्ने।
गुरुयोजनाको लक्ष्य
-पशुपति क्षेत्रको संस्कृति, प्रकृति र सम्पदाको संरक्षण गरी यसलाई धार्मिक, आध्यात्मिक रूपमा अन्तर्राष्ट्रिय सनातन तीर्थ एवं आकर्षक पर्यटकीय गन्तव्य बनाइने छ।
गुरुयोजनाको दर्शन
-मानिस, प्रकृति र सस्कृतिको सहजीवन
-सम्पदा र त्यसको परिवेशको एकीकृत संरक्षण
-समतामूलक विकास निर्माण
गुरुयोजनाको उद्देश्य
-धार्मिक-आध्यात्मिक वातावरणको प्रवर्द्धन गर्नु,
-बागमती नदीको शुद्धीकरण र जलप्रवाह प्रवर्द्धन गर्नु
-धार्मिक, सामाजिक एवं पुरातात्विक महत्वका स्मारकहरूको संरक्षण गर्नु,
-दर्शनार्थी तथा पर्यटकहरूको सेवा सुविधाको लागि भौतिक पूर्वाधारको विकास गर्नु,
-प्राकृतिक सम्पदाको संरक्षण एवं प्रवर्द्धन गर्नु,
-सनातन धर्म, संस्कृति र पुरातत्वका मान्यता प्रतिकुलका क्रियाकलापको नियन्त्रण गर्नु,
-योजनाबद्ध एवं नियन्त्रित विकास निर्माण गर्नु,
-शिक्षा, स्वास्थ्य र जनकल्याणका कार्यक्रम संचालन गर्नु,
-योजना कार्यान्वयनबाट पर्न गएको असरलाई न्यनीकरण गर्दै न्यायोचित पुनर्भरण गर्नु,
-ठोस तथा तरल फोहर मैलाको उचित निकासको व्यवस्था गर्नु,
-प्रभावपूर्ण सुरक्षा प्रणालीको व्यवस्था गर्न,
-सुव्यवस्थित यातायात प्रणालीको व्यवस्था गर्ने,
-धार्मिक सांस्कृतिक क्षेत्र अनुकलको सौन्दर्य सिर्जना गर्न
गुरुयोजनाका प्रमुख क्रियाकलाप
- धार्मिक आध्यात्मिक बातावरणको प्रवर्द्धन गर्नका लागि नियमित भजन कीर्तन, सत्मन, पुराण, प्रवचन, वेदपाट जस्ता कार्यक्रमहरू सञ्चालन गरिने।
-बाग्मती नदीको शुद्धीकरण र जलप्रवाह प्रवर्द्धनका लागि अधिकार सम्पन्न बाग्मती सभ्यता एकीकृत विकास समितिसँग समन्वय गरी नदीको नियमित सरसफाइ तथा सुखा याममा जलप्रवाह बढाउन गृहेश्वरी पूर्व विशाल जलाशय निर्माण गरिने।
-धार्मिक, सामाजिक एवं पुरातात्विक महत्वका स्मारकहरूको संरक्षणका लागि तिनको भौतिक स्थितिको सर्वेक्षणका गरी प्राथमिकताका आधारमा संरक्षण गर्ने।
-मन्दिरका हकमा सरक्षणसँगै पजा व्यवस्था तथा सत्तल, पाटी आदिका हकमा पुनः प्रयोगको योजना समेत बनाइने।
-दर्शनार्थी तथा पर्यटकहरूको सेवा सुविधाको लागि भौतिक पूर्वाधारको विकास गर्ने सन्दर्भमा अत्यावश्यक सुविधा सहितको पशुपति दर्शनपथ, पशुपति क्षेत्र प्रदक्षिणा पथ, पूजा सामग्री पसल, निःशुल्क भोजन व्यवस्था तथा प्रयाप्त पानी, शौचालय र सुरक्षाको समेत व्यवस्था गरिने।
-प्राकृतिक सम्पदाको संरक्षण एवं प्रवर्द्धन गर्ने सन्दर्भमा भूक्षय नियन्त्रण, हाता पर्खाल निर्माण तथा बृक्षारोपणका कार्यक्रमहरू सञ्चालन गरिने।
- सनातन धर्म, संस्कृति र पुरातत्वका मान्यता प्रतिकलका क्रियाकलापको नियन्त्रण तथा योजनाबद्ध विकासका सम्बन्धमा मापदण्डको कार्यान्वयन गरिने।
- शिक्षा, स्वास्थ्य र जनकल्याणका सम्बन्धी कार्यक्रमका सम्बन्धमा वर्तमान वेदविद्याश्रममा प्लस २ सम्म सञ्चालन गर्ने र उच्चशिक्षा, स्वास्थ्य प्रतिष्ठान एवं सामुदायिक सेवा सम्बन्धी कार्यक्रमहरू चरणबद्ध रूपमा सेवा क्षेत्र गोठाटारमा सञ्चालन गरिने।
-योजना कार्यान्वयनबाट पर्न सक्ने असरको अध्ययन गरी उचित क्षतिपूर्ति वा पुनःस्थापनको व्यवस्था गरिने।
-फोहोर मैलाको निकासको सन्दर्भमा काठमाडौं महानगरपालिकाको वातावरण व्यवस्थापन विभाग अन्तर्गत फोहोर मैला व्यवस्थापन महाशाखासँग समन्वय र निजी क्षेत्रको सहयोग समेत परिचालन गरी फोहोर निकास र सफाइको प्रभावकारी व्यवस्था गरिने।
-प्रभावपूर्ण सुरक्षा व्यवस्थाका सम्बन्धमा पशुपति क्षेत्र मात्र कार्यक्षेत्र भएको सुरक्षा संयन्त्र खडा गर्न नेपाल सरकारसँग अनुरोध गरिने र कोषबाट पनि आवश्यकता अनुसार सुरक्षाकर्मीको व्यवस्था गरिने छ।
-पशुपति क्षेत्रमा आउने भक्तजन र पर्यटकहरूको आवागमनलाई सुलभ र सहज बनाउनाका लागि आवश्यक व्यवस्था गर्न नेपाल सरकारसँग अनुरोध गरिने।
-पशुपति क्षेत्रमा प्रतिदिन बहुसंख्यक तीर्थयात्रीहरूको आवागमन हुने र पर्व विशेषमा अत्याधिक चाप हुने अवस्थाका साथै तिलगंगा, गौशाला, चावहिल मार्गको दायाँबायाँ प्राचीन सम्पदा समेत भएकाले तिनको सुरक्षाका लागि समेत यस खण्डको चक्रपथको वैकल्पिक व्यवस्था गर्न अत्यावश्यक भएकाले सोका लागि नेपाल सरकारसँग अनुरोध गरिने छ।
-धार्मिक सांस्कृतिक क्षेत्र अनुकूलको सौन्दर्य सिर्जना गर्ने सन्दर्भमा बनबाटिकाको विकास, हरियाली प्रवर्द्धन, सरसफाइका साथै सम्पदाहरूको संरक्षणमा विशेष ध्यान दिई कार्यक्रम अघि बढाइने।
प्रमुख विषयगत कार्यक्रम
-धार्मिक-आध्यात्मिक वातावरण प्रवर्दन
- मूर्त सम्पदा संरक्षण (जीर्णोद्धार तथा पुनर्निर्माण)
- अमूर्त सम्पदा संरक्षण
- सेवा सुविधा विकास विस्तार
-प्राकृतिक वातावरण संरक्षण, संवर्धन
- शिक्षा, स्वास्थ्य र समाजकल्याण
-अध्ययन, अनुसन्धान र प्रकाशन
गुरुयोजनाको लक्ष्यित समूह
- पशुपति क्षेत्रका मन्दिरहरूमा नियमित दर्शन गर्न आउने भक्तजन, पूजारी र पूजारीका सहयोगीहरू
-स्वदेशी तथा विदेशी तीर्थयात्रीहरू,
-सन्त, महन्त एवं साधु, सन्यासीहरू,
-पशुपति क्षेत्रका बासिन्दाहरू
-घाटमा ल्याइएका बिरामी र तिनका कुरुवा आफन्तजनहरू,
-अन्तिम संस्कारमा सहभागी मलामी तथा किरियापुत्रीहरू
-वन, वनस्पति र पशुपन्छीहरू
-यस क्षेत्रमा धार्मिक, सांस्कृतिक कार्य गर्न आउने व्यक्ति र सहभागीहरू पशुपति क्षेत्रको धर्म, संस्कृति, दर्शन, पुरात्व र पर्यावरणका बारेमा अध्ययन अनुसन्धान गर्न चाहने अध्येता/अनुसन्धाताहरू
गुरुयोजनाको दीर्घकालीन रणनीति
-धार्मिक आध्यात्मिक कार्यक्रम संचालनमा विशेष ध्यान दिइने।
- बागमती नदीको जलप्रवाह बढाउन पानी सङ्कलनको व्यवस्था गरिने।
-पशुपति क्षेत्रका मूर्त-अमूर्त सम्पदाको संरक्षणको कार्यलाई चरण बद्धरूपमा सञ्चालन गरिने।
- दर्शनार्थी एवं पर्यटकको सेवा सुविधासँग सम्बन्धित कार्यलाई विशेष प्राथमिकतामा राखेर अघि बढाइने।
- पशुपति क्षेत्रको सस्कृति र प्रकृतिको संरक्षणमा विशेष ध्यान दिवार कार्यक्रम संचालन गरिने।
- पशुपतिनाथका नामबाट समाजको उत्थानमा सहयोग पुग्ने गरी शैक्षिक प्रतिष्ठान, स्वास्थ्य प्रतिष्ठान र सामुदायिक कल्याणका कार्यक्रम संचालनमा जोड दिइने।
- पशुपति क्षेत्रको स्वच्छता सुन्दरता र सुरक्षामा विशेष ध्यान दिइने।
गुरुयोजनाको अल्पकालीन रणनीति
- गुरुयोजनाको कार्यान्वयन चरणबद्ध रूपमा गरिने छ।
- प्राथमिकताका आधारमा कार्यक्रमलाई चरणाबद्ध गरिने।
- पशुपति क्षेत्रका स्मारकहरूको संरक्षण तथा सेवा सुविधा विस्तारको एक चक्र पहिलो चरण अर्थात् १० वर्षमा पुरा गरिने।
- शिक्षा, स्वास्थ्य, समाज कल्याण, स्मारक संरक्षण तथा सेवा सुविधा विस्तारका कार्यक्रमहरू आवश्यकता र औचित्यका आधारमा निरन्तर संचालित र बिस्तारित हुँदै जाने।
- चरणबद्ध कार्यक्रम अन्तर्गत वार्षिक कार्यक्रम बनाई कार्यान्वयन गरिने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।