• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज २१, २०८३ Wed, Oct 7, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कोरोना अपडेट

काठमाडौं उपत्यकामा कोरोना : प्रहरी मुख्यालयदेखि अख्तियारसम्म संक्रमण, यस्तो छ लकडाउन खुलेपछिको तथ्यांक

64x64
नेपाल लाइभ मंगलबार, साउन २७, २०७७  १६:००
1140x725

काठमाडौं- साउन ५ गते बसेको मन्त्रिपरिषद्‍ बैठकले साउन ७ गतेदेखि लागू हुने गरी लकडाउन अन्त्य गर्ने निर्णय गरेको थियो। करिब चार महिना लामो लकडाउन अन्त्य गर्दा काठमाडौं उपत्यकामा करिब चार सय संक्रमित थिए। लकडाउन अन्त्य गर्ने निर्णय भएकै दिन काठमाडौं उपत्यकामा तीन जना कोरोना संक्रमित थपिएका थिए। काठमाडौंमा २ जना र ललितपुरमा १ जना व्यक्तिलाई कोरोना संक्रमण पुष्टि भएको थियो। 

साउन ५ गतेसम्म काठमाडौं उपत्यकामा ३७३ जना मात्र कोरोना संक्रमित पुगेका थिए। यीमध्ये सबैभन्दा बढी काठमाडौंमा २४९, ललितपुरमा ७९ र भक्तपुरमा ४७ जना संक्रमित थिए। साउन ५ मा देशभर १८६ जना थप कोरोना संक्रमित थपिएपछि कूल संक्रमितको संख्या १७ हजार ८ सय ४४ पुगेको थियो। निको हुनेको संख्या ११ हजार ८६८ पुगेको थियो। ४० जना  संक्रमितको मृत्यु भएको थियो। 

लकडाउन अन्त्य भएको २० दिन बित्दा अहिले संक्रमितको संख्या हाल संक्रमितको संख्या २३ हजार ३ सय १० पुगेको छ भने १६ हजार ४ सय ९३ जना निको भएर घर फर्किसकेका छन्। संक्रमितमध्ये ८० जनाको भने मृत्यु भइसकेको छ। 

हाल (सोमबारसम्म) उपत्यकामा मात्र ११ सय ८० जना संक्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको तथ्यांक छ। 

प्रहरी हेडक्वाटर, अख्तियारदेखि सर्वोच्च हुँदै नेताको सुरक्षा गार्डसम्म संक्रमित
उपत्यकामा थुप्रै प्रहरी पनि संक्रमित पाइएका छन्। प्रहरी प्रधान कार्यालय नक्सालमा कार्यरत २७ जना एकैपटक संक्रमित पुष्टि भएका थिए। अख्तियार दुरुपयोग अनुसन्धान आयोग हुँदै सभामुख र नेकपाका नेताहरुको सुरक्षा गार्डलाई समेत कोरोना संक्रमण भएको पुष्टि भइसकेको छ। 

ज्वरो परीक्षण गर्दा कोरोना 
प्रहरी प्रधान कार्यालयका केही प्रहरीहरूलाई केही दिनदेखि निरन्तर ज्वरो आइरहेको थियो। साउन ११ गते पहिलोपटक ज्वरो आएका चार जनाको स्वाब परीक्षण गर्दा कोरोना पोजेटिभ भएको रिपोर्ट आयो। लगत्तै उनीहरूको सम्पर्कमा रहेका अन्य व्यक्तिको परीक्षण गरियो। यसरी परीक्षण गर्दा २७ जना कोरोना पोजेटिभ पाइयो। 

त्यसपछि ती प्रहरीका सम्पर्कमा आएका सबैको परीक्षण भयो। यसरी परीक्षण गर्दा सभामुख अग्नि सापकोटाका सुरक्षाकर्मीदेखि नेकपाका अध्यक्ष पुष्पकमल दाहालका सुरक्षाकर्मीसम्मको रिर्पोट पोजेटिभ पाइयो। 

प्रहरी मुख्यालयमा कोरोना संक्रमित देखिएपछि अख्तियार र प्रधानमन्त्री कार्यालयमा पनि परीक्षण गरियो। अख्तियारका ३७ जनामा कोरोना संक्रमण देखियो। त्यस्तै सर्वोच्च अदालत र सिंहदरबारमा समेत एकएक जना कोरोना संक्रमित पाइयो। साउन २२ गते नेकपा अध्यक्ष पुष्पकमल दाहालको सुरक्षामा खटिएका ६ जना सुरक्षाकर्मीमा कोरोना संक्रमण देखियो। 

Ncell 2
Ncell 2
nimb
nimb

अख्तियारमा कोरोना संक्रमपण पुग्नुको कारण प्रहरी मुख्यालय नै भएको बताइँदै आएको छ। प्रहरी मुख्यालयमा रहेका प्रहरीसँगको सम्पर्कका आधारमा अख्तियारमा कार्यरत प्रहरीमा कोरोना संक्रमण भएको स्वास्थ्य मन्त्रालयको कन्ट्र्याक्ट ट्रेसिङमा देखिएको अख्तियारले जनाएको छ। 

अख्तियारबाट बाहिर कतै नगएका मानिसमा देखिएकाले स्वास्थ्य मन्त्रालयले गरेको पहिचानलाई मानेको अख्तियारका प्रवक्ता तारानाथ अधिकारीले बताए। प्रहरी प्रधान कार्यालयमा हालसम्म ७५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने अन्य केहीको परीक्षण रिर्पोट आउन बाँकी छ। कोरोना पोजेटिभ भएकाहरूमध्ये एक जनाको मात्र ट्राभल हिस्ट्री छ। त्यसैले उनीहरूलाई समुदायबाटै संक्रमण भएको अनुमान गरिएको छ। 

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डा वासुदेव पाण्डेले प्रहरीमा संक्रमण हुनुको उद्धारमा गएका एक प्रहरी भएको संक्रमण हो। उद्धारका लागि गएका प्रहरीबाट नै उनका सहकर्मीमा सरेको अनुमान गरिएको उनले बताए। 

काठमाडौँ उपत्यकामा सबैभन्दा धेरै संक्रमित अग्रपंक्तिमा रहेका प्रहरी र स्वास्थ्यकर्मी भएको उनले बताए। डा पाण्डेले एक सयभन्दा बढी सुरक्षाकर्मी संक्रमित भएको बताए। 

Xtrem

Xtrem

कुन-कुन ठाउँमा छन् संक्रमित?
महाशाखाको तथ्यांकअनुसार भक्तपुरमा चाँगुनारायण नगरपालिकाका केही ठाउँमा संक्रमण भेटिएको छ।  सूर्यविनायक नगरपालिका र भक्तपुर क्यान्सर अस्पतालमा पनि संक्रमित भेटिएका छन्। भक्तपुरको ब्याँसी, चागुनारायण, कमल विनायक, गठ्ठाघर, कौशलटार, बालकोट, बोडे, भोलाछे, बागेश्वरी, सुर्यमढी र नयाँ ठिमी लगायतका ठाउँमा संक्रमण भेटिइएको छ। 

त्यस्तै ललितपुरको ठैब, लुभु, बुङमती, महालक्ष्मीस्थान, हरिसिद्धि, गोदावरी, सुनाकोठी, धापाखेल, सानेपा र खुसिबुमा पछिल्लो एक सातामा संक्रमण देखिएको छ। त्यस्तै भैंसेपाटी, टीकाथली, नखिपोट, थसिखेल, हात्तीवन र चापागाउँमा संक्रमित भेटिएका छन्।

काठमाडौंमा चन्द्रागिरि, कपन, शंखमूल, कीर्तिपुर, नयाँ बानेश्वर, मैतिदेवी र पुरानो बानेश्वरमा पछिल्लो पटक संक्रमित भेटिएका छन्। त्यस्तै साँखु, बौद्ध, बागबजार, बालुवाटार, महाराजगञ्ज, कागेश्वरी, टोखा, कपुरधारा, कलंकी, तारकेश्वर, सीतापाइला, धापासी, गोकर्णेश्वर लगायतका ठाउँमा पनि संक्रमित भेटिएका छन्।  

न मास्क, न सामाजिक दूरी
नेपाल स्वास्थ्य अनुसन्धान परिषदले गरेको एक अध्ययनले काठमाडौंमा अझै पनि २८ प्रतिशतले मास्क नलगाएको देखाएको छ। मास्क लगाउनेमध्ये पनि २७ प्रतिशतभन्दा बढीले नै उचित तरिकाले नलगाएको अध्ययनले देखाएको छ।  

परिषदको अध्ययनअनुसार मास्क लगाउनेको प्रतिशत ७२ दशमलव १ प्रतिशत रहेको छ भने मास्क नलगाउनेको प्रतिशत २७ दशमलव ९ प्रतिशत छ। अध्ययनअनुसार मास्क लगाउनेमध्येमा पनि कपडाको मास्क लगाउने १५ दशमलव ८ प्रतिशत छ। 

जनस्वास्थ्य मापदण्ड एसमएमएस (दुरी, मास्क र स्यानिटाइजर तथा साबुनपानीको प्रयोग)का विषयमा परिषदले गरेको अध्ययनले यस्तो तथ्यांक देखाएको हो।  

परिषद्‍का अनुसार व्यक्तिगत तहमा ४ हजार ५०२ जनामा अवलोकन गर्दा मास्क लगाउने ७२ दशमलव १ प्रतिशत भेटिएको हो भने नलगाउने २७ दशमलव ९ प्रतिशत भेटिएको हो।

त्यसैगरी सार्वजनिक स्थलमा जम्मा २ हजार ७०३ जनामध्ये सही तरिकाले मास्क लगाउने ७२ दशमलव ६६ प्रतिशत थिए। यस्तै सार्वजनिक  स्थलमा नाक मुनी वा चिउँडोमा मास्क लगाउने, घाँटीमा मास्क झुन्ड्याउने, मास्क हातमा झुन्ड्याउने, मास्कको कडा भागलाई नाकको आकारमा नथिचेर लगाउनेको २७ दशमलव ३४ प्रतिशत थियो। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकअनुसार हालसम्म काठमाडौं उपत्यकामा ११ सय ८० व्यक्ति संक्रमित भएका छन्। जसमा काठमाडौंमा ९ सय ४८, ललितपुरमा १ सय ४३ र भक्तपुरमा ८९ संक्रमित छन्।  

उपत्यकामा लक्षण भएका संक्रमितको संख्या ३ सयभन्दा बढी रहेको छ भने लक्षण नभएका ७ सयभन्दा बढी छन्। ट्राभल हिस्ट्री नभएका ६ सय संक्रमित भइसकेका छन् भने ४ सयभन्दा बढीको ट्राभल हिस्ट्री देखिएको छ। 

काठमाडौं उपत्यकाका तीन जिल्लामा देखिएका संक्रमितको दैनिक विवरण 

उपत्यकामा दैनिक रूपमा थपिएका संक्रमितको संख्या

प्रकाशित मिति: मंगलबार, साउन २७, २०७७  १६:००

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
राष्ट्रिय टोलीबाट सन्न्यास लिने पक्षमा छैनन् रोनाल्डो
राष्ट्रिय टोलीबाट महान् खेलाडी मेसीको भावुक विदाइ
यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य
सम्बन्धित सामग्री
एक साताको अवधिमा ५२ जनामा कोराना संक्रमण पुष्टि इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को आँकडा अनुसार गएको हप्ता पाँच प्रदेशमा कोभिड–१९ सङ्क्रमणको केस भेटिएको छ । बिहीबार, असार २६, २०८२
नेपालमा भेटियो कोरोनाका दुई नयाँ भेरियन्ट: ‘केपी वान’ र ‘केपी टु’ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले र्‍याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजेटिभ आएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा... शुक्रबार, जेठ ११, २०८१
कोरोना परीक्षणको दैनिक प्रतिवेदन पठाउन सरकारको निर्देशन  कोरोना भाइरस (कोभिड १९)को नयाँ भेरियन्टका संक्रमितहरु भेटिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस परीक्षणको प्रतिवेदन द... बुधबार, पुस २५, २०८०
ताजा समाचारसबै
राष्ट्रिय टोलीबाट सन्न्यास लिने पक्षमा छैनन् रोनाल्डो बुधबार, असोज २१, २०८३
राष्ट्रिय टोलीबाट महान् खेलाडी मेसीको भावुक विदाइ बुधबार, असोज २१, २०८३
यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य बुधबार, असोज २१, २०८३
मेसीलाई ब्युनस आयर्स विश्वविद्यालयको मानार्थ विद्यावारिधि बुधबार, असोज २१, २०८३
ठूलाे संख्यामा उपसचिवकाे सरूवा, काे कहाँ (नामावलीसहित) बुधबार, असोज २१, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
कांग्रेस १५औँ महाधिवेशन : अन्तिम मतदाता नामावली सार्वजनिक मंगलबार, असोज २०, २०८३
एमालेमा ओलीको आलोचना गर्न प्रतिबन्ध मंगलबार, असोज २०, २०८३
सर्वोच्च अदालतको न्यायाधीशमा चार जनाको नाम सिफारिस मंगलबार, असोज २०, २०८३
विशेष समितिको बैठक बोलाइयो, गृहसहित तीन मन्त्रालयसँग छलफल हुने मंगलबार, असोज २०, २०८३
सशस्त्रका एआईजी वंशीमाथि छानबिनको जिम्मा अर्का एआईजी अन्जनीलाई मंगलबार, असोज २०, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
फ्लाई दुबई घटनामा नयाँ अपडेट : घाइते क्याप्टेन स्थिर, यूएईले खोज्दैछ घटनाको उद्देश्य बिहीबार, असोज १५, २०८३
ककपिटमा झडपपछि १४ हजार फिट तल झर्‍यो विमान, साउदीमा आकस्मिक अवतरण बुधबार, असोज १४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्