एजेन्सी-भारतका पूर्व राष्ट्रपति प्रणव मुखर्जीमा कोरोना संक्रमण पुष्टि भएको छ। सोमबार मुखर्जीले ट्वीट गर्दै आफूमा कोरोना पोजेटिभ देखिएको जानकारी दिएका हुन्।
उनले ट्वीटमा भनेका छन्, ‘यसपटक अस्पतालयात्रा एक अलग प्रक्रियाका लागि भइरहेको छ, ममा कोरोना पोजिटिभ देखिएको छ।’ उनले एक सातायता आफ्नो सम्पर्कमा आएकाहरुलाई परीक्षण गर्न र आइसोलेसनमा बस्न आग्रह गरेका छन्।
संक्रमण पुष्टि भएपछि ८४ वर्षीय मुखर्जीलाई अस्पताल भर्ना गरिएको छ। उनी २०१२ देखि २०१७ सम्म भारतका राष्ट्रपति थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।