Honda Honda
Skip This
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज २२, २०८३ Thu, Oct 8, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

जब जनताले जिते

64x64
नेपाल लाइभ मंगलबार, वैशाख ११, २०७५  ०२:१७
1140x725

पछिल्ला १२ वर्षमा देशमा निकै उचारचढाव आएका छन्। डेढ दशक अगाडि कल्पनासम्म गर्न नसकिने धेरै राजनीतिक मुद्दाहरुलाई हामीले हासिल गरेका छौं। देश सिद्धान्ततः त्यही बाटोतर्फ अघि बढिरहेको छ, जे जनता चाहन्छन्।

आज भोग्दै गरिएका कैयौं राजनीतिक उपलब्धीको पछाडि १२ वर्षअघिको जनताको आवेगपूर्ण सडक संघर्ष जोडिएको छ। देशका सर्वशक्तिमान राजाको बन्दुक र सम्पूर्ण राज्य संयन्त्रको दुरुपयोगलाई जनताले सडकमा उभिएर छाती थापेरै चुनौति दिए। संसदीय राजनीति गरेका शक्ति र सशस्त्र संघर्ष गरिरहेको तत्कालिन नेकपा माओवादीको संयुक्त नेतृत्वमा जनताले सडक संघर्षबाटै आफ्नो जीत सुनिश्चित गर्न सकेका थिए।

२०५२ देखि ‘जनयुद्ध’ गरिरहेको माओवादी र तीन वर्षदेखि सडक संघर्ष गर्दे आएका कांग्रेस, एमालेजस्ता संसदवादी दलहरुको संघर्षको उच्चतम बिन्दु मान्न सकिन्छ, २०६३ वैशाख ११ को दिनलाई। निरन्तर १९ दिनदेखि लाखौं जनता सडकमा उत्रेर गरेको आन्दोलनलाई जित्न असम्भव देखेपछि ११ गते राति तत्कालीन राजा ज्ञानेन्द्रले ‘जनताको नासो जनतालाई नै फर्काएको’ भन्दै विघटित संसदलाई पुनर्स्थापना गर्न बाध्य भएका थिए। २०६२ चैत २४ देखि राजाका कर्फ्यु र निषेधाज्ञा तोडेर भएको आन्दोलनपछि उनी पछि हट्नु अवश्यम्भावी थियो र भयो पनि त्यस्तै।

प्रत्यक्ष रुपमै ‘देखिने राजा’ बनेर शासनसत्ता चलाइरहेका राजा ज्ञानेन्द्र पछि हटे। चार दिनपछि कांग्रेस सभापति गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री बनाइए।

जनआन्दोलन सफल भएसँगै देशले अन्योलपूर्ण र कठिन संक्रमणकालीन बाटो हिँड्न सुरु गर्यो। जुन पछिल्लो चुनावसम्म कायमै रह्यो भन्न सकिन्छ। संक्रमणकालका नाममा विगत १२ वर्षमा देशले अनिश्चितता, अन्योल, षडयन्त्र, प्रतिक्रान्तिका अनेक धक्काहरुसँग ठोकिँदै र जुध्दै बलियो भएर अघि बढेको छ।

अपेक्षा

खासगरी दलको हातबाट उम्केको संसद उनीहरुकै हातमा फर्किएसँगै जनताका नयाँ अपेक्षाहरु सतहमा आए। ती अपेक्षालाई सम्बोधन गर्नु जनक्रान्तिबाट आएका दलहरुको पहिलो कर्तव्य थियो।

Ncell 2
Ncell 2
nimb
nimb

सडकबाटै पाएका केही ‘म्यान्डेट’हरुलाई सम्बोधन गर्नु जरुरी थियो। मुख्यतः दश वर्षदेखि चलिरहेको माओवादी ‘जनयुद्ध’लाई अन्त्य गर्नु र शान्ति स्थापना गर्नु अत्यावश्यक थियो। देशलाई विकासको बाटोतर्फ मोड्नु अपरिहार्य थियो। समग्रमा भन्दा इतिहासदेखि नमिलेका हिसाबकिताब मिलाउनु जरुरी थियो।

संविधानसभाबाट संविधान निर्माण, गणतन्त्रको घोषणा लगायतका विषयहरुसँग जनताको खास विजयको खुशी जोडिएको थियो। त्यसका साथै, प्रगतिशील प्रतीत हुने धेरै मुद्दाहरुका निम्ति जनतामा असाधारण लगाब बढेको थियो। सडक संघर्षकै क्रममा गणतन्त्रको नारा लागिसकेको थियो।

माओवादी शान्तिप्रक्रियामा आइसकेपछि ऊसँगै जनताका थप अपेक्षाहरु पनि सघन भए। अब गणतन्त्र जस्ता सैद्धान्तिक विषयमात्रै नभइ जीवन जिउने आधारहरुको सहजीकरण, शान्तिपूर्ण जीवनयापन, द्रुत विकास जस्ता एजेन्डा पनि जोडिएर आए।

Xtrem

Xtrem

समय अघि बढ्दै जाँदा सडकमा संघीयताको माग पनि उठ्यो। विशेषगरी देशको मधेस क्षेत्रमा २०६३ माघमा चलेको मधेस विद्रोहपछि संघीयता पनि प्रगतिशील एजेन्डा बन्यो।

प्रक्रिया

संसद पुनर्स्थापनासँगै जनताका ‘मालिक’ पनि सत्तामा फर्किएका थिए। जनताको अपेक्षाको सम्बोधन नगरी धरै थिएन। उनीहरुले तत्कालीन परिस्थितिको मूल्यांकन गर्दै, राष्ट्रिय–अन्तर्राष्ट्रिय शक्तिकेन्द्रको दबाबलाई झेल्दै दलहरुले कहिले बिस्तारै, कहिले द्रुत गतिले अगाडि बढिरहे।

जनताले जति आक्रोशले गणतन्त्र भन्न सकेका थिए, दलहरुले सक्ने स्थिति थिएन। कतिपय दलका निम्ति गणतन्त्र शब्द नै पाच्य हुन सकिरहेको थिएन। उनीहरु संसदमार्फत बिस्तारै राजाको अधिकार कटौती गर्दै, उनका ‘दाह्रा–नङ्ग्रा’ फुकाल्दै अघि बढिरहे। नहतारिने र ढिलो पनि नगर्ने दलहरुले रणनीति अपनाइरहेका थिए।

‘शहर’का राजाको अढाइ सय वर्षदेखिको विरासत र ‘जंगल’का माओवादीको दशक लामो विध्वंश दुवैलाई विवेकसम्मत ढंगले निकास दिनसक्नु पक्कै सहज थिएन। उनीहरु राजालाई अलमल्याउँदै र माओवादीलाई फकाउँदै अघि बढिरहे।

माओवादी युद्धको अन्त्यको लागि वार्ताभन्दा फरक विकल्प थिएन। कारण, अन्य विधि प्रक्रिया त्यसअघिका सरकारले प्रयोग गरिसकेका थिए। नयाँ सरकार बनेपछि माओवादीसँग वार्ता प्रक्रियाले तिव्रता पायो। अनेक चरणमा वार्ता भए। जसको सफलतास्वरुप ०६३ मंसिर ५ गते विस्तृत शान्ति सम्झौता भयो। यही सम्झौताले १० वर्षे लामो सशस्त्र संघर्ष अन्त्य भयो।

संविधानसभाबाट संविधान बनाउने कुरामा लोकतान्त्रिक सरकारले प्रतिबद्धता जनाइसकेका थिए। जस्तो कि, पुनर्स्थापित संसदको पहिलो बैठक(२०६३ वैशाख १५)मा प्रधानमन्त्री नियुक्त भएका कोइरालाले संसदमा संविधानसभाको प्रस्ताव दर्ता गरेका थिए। १८ गतेको संसद बैठकले त्यसलाई पारित गर्यों। जसअनुसार २०६४ चैत २८ मा पहिलो पटक संविधानसभा निर्वाचन भयो। सो संविधानसभा असफल भएपछि २०७० मंसिर ४ मा दोस्रो पटक निर्वाचन भयो। सोही संविधानसभाले २०७२ असोज ३ गते संविधान जारी गर्यो।

जनआन्दोलनताका सडकमै लागेको गणतन्त्रको माग भने पहिलो संविधानसभाको पहिलो बैठक(२०६५ जेठ १५ गते)ले नै पूरा गर्यो।

नयाँ समयमा जनताका सदियौंदेखिका विभेद र अपमानले विस्तारै विद्रोहको रुप लिँदै गयो। आन्दोलन र प्रतिआन्दोलन हुँदै गए। उनीहरुसँग पनि अनेक तरहका सम्झौताहरु हुँदै गए।

उपलब्धी 
पछिल्लो समय सम्पन्न तीन चरणको चुनावसँगै १२ वर्षअघि सुरु भएको चुनौतिपूर्ण बाटोको समापन भएको छ। २०६३ वैशाख ११ मा राजाबाट खोसेर जनता आफैंले निर्माण सुरु गरेको नयाँ नेपालको खेस्रा पूरा भएको छ। अब त्यसमा रंग भरिन बाँकी छ। सम्भवतः समृद्धि सपनाले जनताको आगन टेकेको दिन त्यो आन्दोलनमा बगेको रगत र पसिनाले सार्थकता पाउने छ।

तर जनआन्दोलनपछि जनताको सक्रियतामा हासिल भएका केही उपलब्धीलाई गर्वका साथ देखाउन सक्ने अवस्थामा भने हामी आइपुगेका छौं। मुख्यतया गणतन्त्रले जनताको सन्तान नै यो देशको मालिक हुनसक्छ भन्ने सन्देश दिएको छ। यसले शासक जनताभन्दा ठूला होइनन् भन्ने र भन्नसक्ने शक्ति जनतालाई दिएको छ।

त्यस्तै, धर्म निरपेक्षताले यो देश र यसको शासन प्रक्रियामा कुनै एउटा धर्मको प्रतिछाँया सम्भव छैन भन्ने सन्देश दिएको छ। यो व्यवस्थाले राज्यको चरित्र धार्मिक हुनसक्दैन भन्ने स्पष्ट पारिदिएको छ। यद्यपि, संविधानको घोषणा गर्दा दलहरुले धर्म निरपेक्षतासम्बन्धी व्यवस्थामा परिभाषा थपेर अलमल्याउन र हिन्दु धर्मप्रतिकै मोह देखाउन खोजेका छन्। यसको आलोचना पनि हुने गरेको छ।

त्यतिमात्रै होइन, विगत एक दशकमा हामीले अन्य धेरै उपलब्धीहरु हासिल गरेका छौं। लामो समयदेखि विभेदमा परेका समुदायलाई मूलधारमा ल्याउन समानुपातिक समावेशीताको अवधारणा लागु भएको छ। जनताले आफ्नो शासन आफैं गर्न सकुन् र स्थानीय तहको विशिष्टता बुझेर विकासदेखि पहिचानको समस्या समाधान गर्न सहज होस् भनेर संघीयताको कार्यान्वयन सुरु भएको छ।

पक्कै पनि यी १२ वर्षमा देशले सैद्धान्तिक उपलब्धी र सांकेतिक विकास मात्रै पाएको छ। कतिपय समुदायका विशिष्ट माग र असन्तुष्टि यथावत नै छन्। ती अवश्य पूरा हुने छन्।

१९ दिने जनसंघर्षको सफलताले देशको ‘प्रगतिको बाधक’लाई पन्छाउन सफल भएको थियो। त्यसकारण, त्यो सफलताको सान्दर्भिकता देशमा विकासको प्रष्ट आधार देखिन थालेपछि, शासन प्रणाली र राज्यका हरेक अंगहरुमा यो देशका विविधतापूर्ण मुहारले स्वभाविक प्रवेश पाउन थालेपछि पुष्टि हुने छ।

प्रकाशित मिति: मंगलबार, वैशाख ११, २०७५  ०२:१७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
नेपालको फिफा वरीयता एक स्थान खस्कियो
विजय बराल भन्छन्– पाटेकरलाई एकपटक भेट्ने चाहना पूरा हुन पाएन
बलिउडमा एक युगको अन्त्य : पाटेकरको निधनमा सहकलाकार शोकमा
सम्बन्धित सामग्री
आईपीयू महासभामा नेपालको आपत्कालीन प्रस्ताव दुई-तिहाइ बहुमतले निर्वाचित तान्जानियाको अरुसामा जारी अन्तर–संसदीय संघ (आईपीयू) को १५३औं महासभामा नेपालले प्रस्तुत गरेको जलवायुजन्य विपद्सम्बन्धी आपत्कालीन प्रस... बिहीबार, असोज २२, २०८३
बाढी र पहिरोले रसुवा, मनाङ र म्याग्दीका तीन सडकखण्ड पूर्ण अवरुद्ध बाढी र पहिरोका कारण रसुवा, मनाङ र म्याग्दीका तीन प्रमुख सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएका छन्। बिहीबार, असोज २२, २०८३
भोटेकोशी बाढी अपडेट : १ हजार ४५७ जनाको शव फेला रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण बिहीबार ६ बजे सम्म १ हजार ४५७ जनाको शव फेला परेको छ। बिहीबार, असोज २२, २०८३
ताजा समाचारसबै
नेपालको फिफा वरीयता एक स्थान खस्कियो बिहीबार, असोज २२, २०८३
विजय बराल भन्छन्– पाटेकरलाई एकपटक भेट्ने चाहना पूरा हुन पाएन बिहीबार, असोज २२, २०८३
बलिउडमा एक युगको अन्त्य : पाटेकरको निधनमा सहकलाकार शोकमा बिहीबार, असोज २२, २०८३
३० जनालाई उम्मेदवारी फिर्ता लिन आग्रह गर्दै थापाले भने– समय अझै बाँकी छ बिहीबार, असोज २२, २०८३
कांग्रेस सुधार्न र बदल्न अडिग छु : सभापति थापा बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
गगन बने कांग्रेसकाे सर्वसम्मत सभापति, घोषणा बाँकी बुधबार, असोज २१, २०८३
तीनकुने झडप प्रकरण : दुर्गा प्रसाईंलगायतलाई कारबाही गर्न सिफारिस बुधबार, असोज २१, २०८३
यस्ता छन् मन्त्रिपरिषद्का ६ निर्णय बुधबार, असोज २१, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
नाना पाटेकरको हृदयघातबाट निधन बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
फ्लाई दुबई घटनामा नयाँ अपडेट : घाइते क्याप्टेन स्थिर, यूएईले खोज्दैछ घटनाको उद्देश्य बिहीबार, असोज १५, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्