काठमाडौं- कोरोना भाइरसको संक्रमण जोखिम बढेसँगै यसबाट बच्न सामाजिक दूरी कायम गर्नुपर्ने बाध्यता छ। सरकार तथा विश्व स्वास्थ्य संगठनले तयार गरेको स्वास्थ्य मापदण्डअनुसार भीडमा जादा सामाजिक दूरी कायम गर्नुपर्ने र सार्वजनिक सवारीमा यात्रा गर्दा संयमता अपनाउनुपर्ने भनिएको छ।
त्यहीअनुसार सरकारले जिल्लाभित्र सवारी चलाउँदा सिट क्षमताको आधामात्र बोक्न पाइने व्यवस्था गरेको छ। तथापि मानिसहरू सार्वजनिक सवारीमा यात्रा गर्नु जोखिमपूर्ण भएको ठान्दै दुईपांग्रे निजी सवारी खरिदमा आकर्षित भएका छन्।
लकडाउन खुकुलो भएपछि दुईपांग्रे सवारी दर्ता नै बढेको यातायात व्यवस्था कार्यालय मोटरसाइकल, बागमती प्रदेशको तथ्यांक छ। लकडाउन खुकुलो भएपछि असारमा ६ हजार ५४ वटा मोटरसाइकल तथा स्कुटर दर्ता भएको कार्यालयले जनाएको छ। दुईपांग्रे सवारी दर्ता लकडाउन खुकुलो भएपछिको पहिलो महिनामा उत्साहजनक देखिएको तथ्यांकबाट पुष्टि हुन्छ।
गत चैत ११ देखि कोरोना भाइरसको संक्रमण न्यूनीकरण गर्न सरकारले गरेको लकडाउनका कारण सवारी दर्ता ठप्प थियो। सरकारले असार १ देखि लकडाउन केही खुकुलो बनाएर सरकारी कार्यालयहरू सञ्चालन गर्ने निर्णय गरेसँगै सवारी दर्तासमेत सुरु भएको थियो।
सवारीसाधनको बिक्री निराशाजनक हुने अनुमान गरिएको अवस्थामा मोटरसाइकल तथा स्कुटरको बिक्री भने उत्साहजनक नै देखिएको व्यवसायीहरूको भनाइ छ। सस्तो र इन्ट्रिलेवलका मोटरसाइकलको माग र सोधखोज बढेको उनीहरू बताउँछन्। यही सन्दर्भमा नेपाली बजारमा उपलब्ध सस्तो मूल्यका मोटरसाइलको मूल्यसहितको विवरण तयार पारिएको छ।
नेपाली बजारमा सबैभन्दा सस्तो मोटरसाइकल रनरको बाइक आरटी हो। यसको बजार मूल्य १ लाख ५२ हजार रुपैयाँ रहेको छ। त्यस्तै नेपाली बजारमा उपलब्ध विभिन्न ब्रान्डका २ लाख रुपैयाँ हाराहारीका मोटरसाइकलको मूल्य यहाँ उल्लेख गरिएको छ। यो सूची नाडाले प्रकाशित गरेको पछिल्लो विवरणमा आधारित छ।
सस्तो बाइक
बजाज
प्लाटिना १०२ सिसी– रु १,७६,९००
डिस्कभर १२५ सिसी (ड्रम)– रु १,८९,९००
डिस्कभर १२५ सिसी (डिस्क)– रु १,९६,९००
यमाह
सलुटो १२५ सिसी– रु २,०५,९००
रनर
बाइक आरटी ८० सिसी– रु १,५२,०००
एडी ८० डिलक्स ८० सिसी– रु १,६५,०००
चेत १०० सिसी– रु १,६९,०००
काइट प्लस ११० सिसी– रु १,८९,०००
रोयल प्लस ११० सिसी– रु १,८९,०००
बुलेट १२५ सिसी– रु १,९५,०००
हिरो
हिरो एचएफ १०० सिसी– रु १,६६,५००
सुपर स्प्लेन्डर प्लस १०० सिसी– रु १,७७,५००
सुपर स्प्लेन्डर आई स्मार्ट ११० सिसी– रु १,८३,५००
सुपर स्प्लेन्डर १२५ सिसी– रु १,९६,०००
सुपर स्प्लेन्डर आइबिएस १२५ सिसी– रु १,९८,०००
टिभिएस
टिभिएस रेडन ११० सिसी– रु १,८५,९००
टिभिएस स्टाइकर १२५ सिसी– रु १,९६,९००
टिभिएस स्टाइकर रिफेस १२५ सिसी– रु १,९९, ९००
सुजुकी
सुजुकी हायाते ११३ सिसी– रु १,८५,९००
होन्डा
होन्डा सिबी साइन डिआरएस १२५ सिसी– रु २,०९,९००
होन्डा सिबी साइन डिएसएस १२५ सिसी– रु २,१९,९००
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।