• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, भदौ २, २०८३ Tue, Aug 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

सहर उन्मुख काँठ : कहर उन्मुख विकास

दिनानाथ श्रेष्ठ शुक्रबार, साउन २३, २०७७  ०३:४३
1140x725

‘यो ठाउँ त अस्तिसम्म गाउँ थियो। अहिले सबै घरैघर भैसके। कत्रो विकास भैसक्यो। हामी चाहिँ जस्ताको त्यस्तै छौं। वडाध्यक्ष, मेयरलाई भनेर यी रुख, झाडी सब फाँड्नु पर्‍यो। हामी त जंगली जस्ता भयौं,’उपत्यका जोडिएको ग्रामीण क्षेत्रका छिमेकीको यो वाक्यमा धेरै कुरा लुकेको छ। 

यी वाक्यले काँठका अधिकांश मानिसहरूको विकासप्रतिको धारणा, विचार र बुझाइको प्रतिनिधित्व गर्छ। काँठबासीहरूको सहरबासी हुने लालसायुक्त मनोविज्ञानको प्रतिनिधित्व गर्दछ। फलस्वरुप बुझेर वा नबुभेर विकासको नाममा काँठवासी जनसमुदाय र जनप्रतिनिधिहरु विनाश निम्त्याउन उद्धत देखिन्छन्। 

काँठ क्षेत्रका मानिसहरूमा छिटोभन्दा छिटो सहरको बासिन्दा हुने हुटहुटी चलेको छ। कुनै ठाउँ विकास हुन त्यो ठाउँ सहर बन्नु पर्छ, कुनै गाउँ सहर हुनका लागि फराकिला बाटा, कंक्रिटका अग्ला भवनको जंगल, अग्ला पर्खालले घेरिएको कम्पाउन्ड, कम्पाउन्डभित्र पनि माटो सबै कंक्रिटले छोपिएको हुनुपर्छ। जग्गै बेचेर भए पनि कम्पाउन्डभित्र कार पार्किङ गरिनुपर्छ जस्ता विचारमा काँठबासीहरूले विकासलाई बुझेको पाइन्छ। 

काँठ क्षेत्रमा सार्वजनिक चौताराहरू दुर्लभ भएका छन्। ती चौताराहरूमा बाटो फराकिलो बनाउनको लागि डोजर लगाइएको छ। डोजरे विकासको बढ्दो विकृतिले काँठ क्षेत्रका जँगल, चौतारा, पानीका स्रोतहरुमाथि निर्मम प्रहार भएको छ। काँठबासी ताली बजाउनमै मस्त छन्, विकासको स्वागतको लागि। 

जनप्रतिनिधिहरू पनि विकास भन्नु नै डाँडाकाँडामा डोजर घुमाउनु हो भन्नेमा एकमत देखिन्छन्। गाउँ-गाउँमा बाटो पुर्‍याएर सुविधा बढाउनु सकारात्मक नै मान्नुपर्छ तर डाँडा भिरमा डोजर नचाउँदा त्यसले पार्ने नकारात्मक प्रभावहरुको अध्ययन, अनुसन्धानको कमी देखिन्छ। डोजर घुमाउने समयमा गाउँ टोलका जो कोही इन्जियरझैं प्रस्तुत हुन्छन्। चोर औंलाको इसारामै डोजर हिंड्ने बाटोको नक्सा कोर्छन्। डोजर त्यतै लाग्छ। हाम्रा पितापुर्खाले पछिल्लो पुस्तालाई सुम्पेका चौतारा उखेलिन्छन्। पाटी, पौवा ढालिन्छन्। पानीका स्रोतहरू पुरिन्छन्। सार्वजनिक जग्गामा डोजरले ताण्डव नृत्य गर्छ। कारण सबैलाई आफ्नो निजी जग्गा कसरी बचाउने भन्ने मात्र ध्याउन्न हुन्छ। 

दलका नेता, जनप्रतिनिधि दशकौँमा नभएको विकास भएको भन्दै भाषण गर्दैछन्। कार्यकर्ता ताली बजाउँदै छन्। भाषण र तालीको गड्गडाहटले जंगल, चौतारी, कुवा, पँधेरा, पाटीपौवाको चित्कार दबिएको छ। 

एक आर्थिक वर्षमा लाखौं लगानी गरेर डोजरले बाटो बनाउने र अर्को आर्थिक वर्षमा त्यही डोजरका कारण गएको पहिरो रोकथामको लागि करोडौं लगानी गर्ने क्रम रोकिएको छैन। पहिरोले माटोको मात्र क्षय भएको छैन। डोजरले नछोएका रुखहरू पहिरोसँगै बगेका छन्। सुन्दर डाँडाकाँडा कुरूप भएका छन्। जोखिम बढाएको छ। 

काँठ क्षेत्रका भिरालो जग्गामा प्लटिङ गर्ने क्रम बढ्दो छ। जग्गा सम्याउने नाममा महिनौंसम्म डोजरले प्रकृतिमाथि बलात्कार भइरहेको छ। जमिनको प्राकृतिक संरचनालाई ध्वस्त बनाएको छ। कुरूप बनाएको छ। जग्गा सम्याउने र प्लट मिलाउने ध्याउन्नमा पानीको प्राकृतिक बहावमाथि आक्रमण गरी जबर्जस्ती बहाव परिवर्तन गर्नाले वर्षा याममा भिराला खोल्साहरूमा पानीको बहाव अस्वभाविक रुपमा वृद्धि भई खोल्सा किनारामा रहेका जग्गा जमिन कटान हुने क्रम तीव्र बनेको छ। 

nimb
nimb
Ncell 2
Ncell 2

पुस्तौंदेखि प्रयोगमा रहेका सिंचाइका मुहानहरू ध्वस्त बनेका छन्। सीमित व्यक्तिहरुको फाइदाको लागि काँठका किसानहरूले ठूलो नोक्सानी र कष्ट व्यहोरिरहेका छन्। अर्कोतर्फ प्लटिङ गरिएको जग्गा बाँझो छोडिँदा कुरुपता र उत्पादनमा कमी हुनुका साथै आकाशे पानी संचित गर्ने आली नहुँदा बेँसीको समथर क्षेत्र डुबानमा पर्ने समस्या बर्सेनी बढ्दो छ। 

काँठ क्षेत्रमा दिन प्रतिदिन भवनहरू ठडिने होडबाजी चलेको छ। २०७२ को विनाशकारी भूकम्पले पुराना घर करिब ध्वस्त भएपछि ‘आना चलान, घर ढलान’गर्ने कार्यमा अस्वभाविक वृद्धि भएको छ। बेचिएका जग्गामा अन्यत्रबाट बसाइँ सर्नेहरूले भवन निर्माणमा तीव्रता दिइरहेका छन्। धेरै काँठबासीलाई लागिरहेको होला काँठ क्षेत्र अब विकास हुँदैछ। सहर बन्दैछ। तीव्र जनसंख्या वृद्धिले सीमित प्राकृतिक स्रोत साधनको दोहनलाई अझै प्रोत्साहित गर्छ। तर यसतर्फ न काँठबासी जनसमुदाय, न त जनप्रतिनिधिकै ध्यान पुगेको छ।  

दशकौंको संरक्षणबाट जोगिएको वन पनि कथित विकासका लागि बली चढाइने क्रम चलेको छ।

बचेखुचेको केही खाली जग्गा जमिनमा पनि कहिले रंगशाला त कहिले क्रिकेट मैदान बनाउने चर्चा बेलाबेलामा चलिरहेका छन्। आफ्नो जग्गा पर्ने भएका बाहेक बाँकीले रंगशाला र क्रिकेट मैदानले विकासको लहर भित्र्याउने तर्क गरिरहेका छन्। सयौं रोपनी सार्वजनिक जग्गा, जंगल मासेर, अतिक्रमण गरेर निर्माण गरिने यस्ता रंगाशाला, क्रिकेट मैदानले तत्काल विकास भएझैं लाग्ला पनि। तर अन्ततोगत्वा यसले प्रकृति, प्राकृतिक सुन्दरता, प्राकृतिक उपहारको विनाशको ढोका खोल्छ। कामना गरौं, धेरै क्षेत्रफल ओगट्ने यस्ता विकासहरु उपत्यका बाहिर लगिनेछन्। उपत्यकाको जमिन, जल जंगलमाथि थप बलात्कार हुने छैन। 

केही वर्षअघि मात्र उपत्यकाभित्र प्रादेशिक राजधानी राखिने, राख्नुपर्ने पक्षमा उपत्यकाका खासगरी काँठक्षेत्रका मानिसहरूले आ–आफ्नो स्तर, स्वभाव र क्षमता अनुसार टोल, चियापसल, सडक, सदनमा ऐक्यबद्धता जनाए। उपत्यकाबासीको सौभाग्य भनौं, उपत्यकामा प्रादेशिक राजधानी राखिएन। अन्यथा यस क्षेत्रको प्राकृतिक स्रोतमाथि थप आक्रमण हुने निश्चित थियो।

उपत्यकाको खाल्डोको साथै काँठ क्षेत्रमा पिउने पानी र काँठ क्षेत्रमा बाँकी रहेको जग्गामा खेतीपातीको लागि सिँचाइको पानीको स्रोत भनेकै वरिपरि डाँडाका पानीका मूल हुन्। हालसम्म जंगल जीवित छ त्यसकारण पानीका मूल जीवित छन्। विकास गर्नको लागि ती जंगलहरुमा डोजर छिराउन थालिएको छ। दलका नेता, जनप्रतिनिधि त्यस क्षेत्रमा दशकौँमा नभएको विकास भएको भन्दै भाषण गर्दैछन्। कार्यकर्ता ताली बजाउँदै छन्। भाषण र तालीको गड्गडाहटले जंगल, चौतारी, कुवा, पँधेरा, पाटीपौवाको चित्कार दबिएको छ। 

विकासका नाममा प्रकृतिमाथिको हमलाको विरुद्धमा सानै स्वरमा सही आवाजहरू नउठेका होइनन्। तर ती आवाजहरुले बहुसंख्यक काँठबासीको साथ पाएका छैनन्। बरु तिनीहरुको निधारमा विकास विरोधीको ट्याग लगाइन्छ। तिनीहरू जनप्रतिनिधिको लागि पनि कसिंगर भएका छन्। 

काँठ क्षेत्रमा रहेका हरिया वनजंगल सुन्दरताका लागि मात्र होइनन्। उपत्यकामा अक्सिजन र पानी आपूर्ति गर्ने लाइफलाइन पनि हुन्। यी वनक्षेत्रमाथि आक्रमण गर्नु यस उपत्यकाको मानवबस्ती र मानवसभ्यता माथिकै आक्रमण हो। 

काँठ क्षेत्रका अग्ला भूभागमा सामुदायिक वनको अवधारणा पश्चात् उल्लेख्य मात्रामा वनको संरक्षण भएको छ। समुदाय र वन उपभोक्ता समितिहरूको तदारुकताको कारण जंगल जोगिएको छ। यी जंगलहरुमा चितुवा, मृगलगायतका जंगली जनावरहरुले सुन्दरता थपेका छन्। बसन्त ऋतुको स्वागत गर्न राताम्मै फुल्ने लालीगुराँस अनि रंगीविरगी चराचुरुङ्गीले गाएका गीतहरुले जो कोहीलाई मोहित बनाउँछ। दशकौंको संरक्षणबाट जोगिएको वन पनि कथित विकासका लागि बली चढाइने क्रम चलेको छ। जंगली जनावरहरुको घरबास खोसिएका कारण जंगल छेउको गाउँ पस्ने क्रम बढ्दो छ। तर स्थानीय मानिसहरु जंगलकै कारण जंगली जनावरबाट असुरक्षित भएको भ्रम पालेर बसेका छन्। 

यस क्षेत्रमा मानव बस्ती बसेदेखि हामीभन्दा अघिल्लो पुस्तासम्मलाई विभिन्न रोगको उपचारका लागि यी नै वनक्षेत्रले प्रशस्त जडिबुटी आपूर्ति गरेकै थिए। अहिले पनि यस क्षेत्रमा प्रशस्त जडिबुटी पाइन्छन् तर अहिलेको पुस्ताका लागि यी जडिबुटी फगत झारपात भएको छ। 

काँठ क्षेत्रमा रहेका हरिया वनजंगल सुन्दरताका लागि मात्र होइनन्। उपत्यकामा अक्सिजन र पानी आपूर्ति गर्ने लाइफलाइन पनि हो। यी वनक्षेत्रमाथि आक्रमण गर्नु यस उपत्यकाको मानवबस्ती र मानवसभ्यता माथिकै आक्रमण हो। 

विकासको स्वभाविक प्रक्रियालाई रोक्न मिल्दैन। सकिँदैन। तर विकास योजनाबद्ध हुनुपर्छ भन्ने कुरा बिर्सन मिल्दैन। विकासले निम्त्याउने विनाशप्रति सजग हुनुपर्छ। विकासको काम सुरु गर्नुअघि पर्याप्त समय लिएर त्यसको कारणले पार्नसक्ने सकारात्मक र नकारात्मक असरहरु बारे विस्तृत अध्ययन हुनुपर्छ। जेठको अन्तिममा बजेट सक्ने विकासले बजेट मात्र सकिएको छैन, हाम्रा मौलिकता सकिँदै छन्। पहिचान सकिँदैछन्। रीतिरिवाज, परम्परा सकिँदै छन्। एउटा पुस्ताले अर्को पुस्तालाई कथा भन्न, नैतिकता सिकाउन, इतिहास बताउन, सुख दुःख बाँड्न, भेला छलफल गर्न प्रयोग गरिने चौतारीहरु सकिंदैछन्, पाटी पौवा सकिंदैछन्। 

प्रिय काँठबासी जनसमुदाय,
हाम्रो पुस्ताले जल, जमिन, जंगल लगाएतका प्राकृतिक स्रोत र पितापुर्खाले हाम्रो पुस्तालाई उपहार स्वरुप हस्तान्तरण गरेका पाटी, पौवा, चौतारा, मठ, मन्दिर, घाट, सार्वजनिक जग्गाको उचित संरक्षण गरि सकुसल अर्को पुस्तालाई हस्तान्तरण गर्नु हाम्रो दायित्व हो। होसमा आउन ढिलो नगरौं। हामी यस क्षेत्रका अन्तिम पुस्ता होइनौं। स्वच्छ हावा, स्वच्छ पिउने पानी सहितको झुपडी प्रदुषित हावा र स्वच्छ पिउने पानीबिनाको अग्ला भवन भन्दा बढी महत्वपूर्ण हुन्छ। सजग रहौँ। हाम्रो पुस्ताले गरेको विकास अर्को पुस्ताको लागि विनाश नबनोस्।

प्रिय जनप्रतिनिधिहरु,
मूलतः स्थानीय तहका प्रतिनिधिहरुको मूल अभिभारा विकास नै हों। विकास यहाँहरुलाइ पनि त्यत्तिकै प्यारो छ जति जनतालाई छ। यहाँहरुको कार्यकालमा भएका विकासको फेहरिस्त डायरीमा टिप्नुभएकै होला। तीमध्ये कति लोकप्रियताका लागि थिए होलान्, कति निश्चित व्यक्ति, समूहहरूलाई खुशी पार्नको लागि थिए होलान्। जे भए भइसके। विनम्रतापूर्वक मेरो अनुरोध छ, अब विकास निर्माणको खाका बनाउँदा पूर्वाधारविद्, वातावरणविद्, संस्कृतिविद् र सरोकारवालाहरुको राय सुझावलाई पनि समेटौं। यहाँहरुका विकास निर्माणका योजनाहरू सीमित व्यक्ति वा समूहको स्वार्थ पूरा गर्न केन्द्रित नहोउन्। सान्दर्भिकता र प्राथमिकता पहिचान नगरि गरिएको विकास दिगो विकास हुन सक्दैन। यस्तो विकासले त टाठाबाठा र पहुँचवालको मात्र पक्षपोषण गर्दछ। सामान्य वर्गलाई समेट्न सक्दैन। 

दश औंला जोडेर बिन्ती गर्छु, विकास उभिँदा मौलिकता, संस्कृति, परम्परा, रीतिरिवाज, परम्पराहरू नढलुन्। विकासको भारीले प्राकृतिक स्रोत साधनहरू नथिचियुन्। विकासको रहर आगामी पुस्ताको लागि कहर नबनोस्। विकास र संरक्षण पारस्परिक निषेधित क्रियाकलाप होइनन्। संगै अघि बढाऔं। आउनुहोस्, तपाईं हामी हातेमालो गर्दै सामुदायिक वन, सार्वजनिक जग्गा, जलस्रोतहरुको संरक्षण गरौं। संरक्षण गर्न समुदायलाई प्रेरित गरौं। सार्वजनिक जग्गा अतिक्रमणलाई निरुत्साहित गरौं। यहाँहरू जनप्रतिनिधि त हो नै। कृपया हाम्रो नेता पनि बनिदिनुहोस्। नेताले भिडलाई डोर्‍याउँछ, भिडसँगै बग्दैन।

(चाँगुनारायण नगरपालिका-७, वागेश्वरी भक्तपुर)

प्रकाशित मिति: शुक्रबार, साउन २३, २०७७  ०३:४३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
देउवाको ‘म हिन्दू हुँ’अभिव्यक्तिप्रति प्रचण्ड जंगिए, संविधान बाहिर गए सक्किने चेतावनी
संवैधानिक इजलास गठनमा निश्चित मापदण्ड अपनाउन नेपाल बारको माग
सभापति थापाको संयोजकत्वमा १५ औं महाधिवेशन व्यवस्थापन समिति गठन
सम्बन्धित सामग्री
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा रिहा भएपछि पुनः पक्राउ गर्ने घटना दोहोरिन्थ्यो। मलाई लगातार पाँच पटकसम्म सर्वोच्च अदालतले रिहा गर्ने आदेश दियो, अदालतबाट बाहिर आउने... शनिबार, साउन ३०, २०८३
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! ‘यी’ भन्नाले को? देउवाले कालान्तरमा प्रस्ट्याउलान्। अहिले बुझिने दुईवटा पक्ष छन्- एकातिर बालेन्द्र शाह नेतृत्वको सरकार र अर्कोतिर ने... शुक्रबार, साउन २९, २०८३
जेन–जी आन्दोलनदेखि युवा नेतृत्वको सरकारसम्म : अब युवाले खोजेको उत्तर के हो ? बालेन सरकारसँग अहिले एउटा ऐतिहासिक अवसर छ । युवाले सडकमा उठाएको प्रश्नलाई राज्यको नीतिमा बदल्ने अवसर । तर इतिहासले सरकारलाई अवसर मात... बिहीबार, साउन २८, २०८३
ताजा समाचारसबै
देउवाको ‘म हिन्दू हुँ’अभिव्यक्तिप्रति प्रचण्ड जंगिए, संविधान बाहिर गए सक्किने चेतावनी मंगलबार, भदौ २, २०८३
संवैधानिक इजलास गठनमा निश्चित मापदण्ड अपनाउन नेपाल बारको माग मंगलबार, भदौ २, २०८३
सभापति थापाको संयोजकत्वमा १५ औं महाधिवेशन व्यवस्थापन समिति गठन मंगलबार, भदौ २, २०८३
संविधान संशोधनका लागि सर्वोच्च अदालतका अवकाशप्राप्त प्रधानन्यायाधीशको अध्यक्षतामा आयोग गठन गर्न कांग्रेसको माग मंगलबार, भदौ २, २०८३
नेपथ्यको सिक्किम कन्सर्टलाई राज्यस्तरबाटै अपनत्व मंगलबार, भदौ २, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
उपसभामुख रुबी ठाकुरले दिइन किशोर श्रेष्ठविरुद्ध उजुरी सोमबार, भदौ १, २०८३
जब पत्रकार किशोर श्रेष्ठ इजलासमै रोए... सोमबार, भदौ १, २०८३
उपसभामुखले पत्रकार किशोर श्रेष्ठ विरूद्व प्रहरीमा दर्ता गराएको उजुरीमा के छ ? सोमबार, भदौ १, २०८३
यसपटक आईजीपीसहित गृहसचिवविरुद्धसमेत खगेन्द्र सुनारको प्रहार– ‘तुरुन्त बर्खास्त गरी छानबिन गर्नुपर्छ’ सोमबार, भदौ १, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
जेन–जी आन्दोलनदेखि युवा नेतृत्वको सरकारसम्म : अब युवाले खोजेको उत्तर के हो ? क्षितिज विक्रम खनाल
न्यायाधीश नियुक्ति : अब चै भागबण्डाबाट पाठ सिक्ने कि ? हरि भट्टराई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
उपसभामुखले गुहारिन् गृहमन्त्री ! ‘मलाई बचाउनुहुन्छ कि सुसाइड’ गरौँ ? शुक्रबार, साउन २९, २०८३
पत्रकार किशोर श्रेष्ठको पक्राउमा उपसभामुखको अशोभनीय पोष्ट बुधबार, साउन २७, २०८३
अब अनलाइनबाटै स्वास्थ्य बीमामा आवद्ध हुन र नवीकरण गर्न सकिने शुक्रबार, साउन २९, २०८३
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
उपसभामुख रुबी ठाकुरले दिइन किशोर श्रेष्ठविरुद्ध उजुरी सोमबार, भदौ १, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्