• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, कात्तिक १, २०८३ Sun, Oct 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाज

जथाभावी खनिएका सडक : मंसिरमा बनायो, असारमा बग्छ

64x64
शेरबहादुर ऐर सोमबार, साउन १९, २०७७  ०८:०८
1140x725

धनगढी-सिमसिम पानी परिरहेको छ। कमलो माटोमा पानी भरिएर बाटो हिलाम्मे छ, हिँड्न खोज्दा खुट्टा नै चिप्लिने। तीन वर्षअघि चुरे गाउ“पालिका ५ देखि वडा नम्बर १ जोड्ने कट्रेनी सडक खनिएको थियो। सो सडकबाट अघि बढ्दा ठाउ“–ठाउ“मा डा“डा छन््। वर्षा भइरहेको छ, डाँडामा माटो बगिरहेको छ। 

खहरे खोला बग्ने ठाउँमा पानी निकासका लागि बनाइएको ‘ह्युमपाइप’ को माटो बगिसकेको छ। भासिएको माटोले ‘ह्यूमपाइप’ पनि टिक्न सक्ने अवस्था छैन। काटिएको सडकमा भर्खरै फुटेका मुलहरूका पानी बगिरहेका छन्।

सडकको अवस्था देखाउँदै चुरे गाउँपालिकाका ५ का वडाध्यक्ष तथा गाउँपालिकाका प्रवक्ता नरबहादुर तामाङले भने, ‘मंसिरमा सडक बनायो,असारमा बग्छ ।’ उनले हरेक वर्ष पहिरोका कारण सडकमा लागत बढ्दै गएको बताए। 

सडकका मोडहरूमा कतै ठूला रुख ढलेका छन् भने कतै ढल्ने अवस्थामा पुगेका छन्। रुख र डाँडाबाट बगिरहेको माटोले पैदलयात्रासमेत सहज छैन। 

‘गाडी गुडाउनका लागि बनाइएको यो सडकमा मानिस पनि हिडन नसक्ने अवस्था आउँछ हरेक वर्षामा,’ स्थानीय करन रोक्कामगरले भने। सो सडकका कारण बस्ती पनि जोखिममा परेका छन्। शुक्रबार राति कट्रेनीमा आएको पहिरोका कारण २८ घरपरिवारका एक सय ५१ जना विस्थापित हुने अवस्थामा छन्। वडाध्यक्ष तामाङले भने, ‘यो वस्ती सडकका कारण नभई अन्य कारणले पहिरोको जोखिममा रहेको छ।’

कट्रेनी सडक वडा नम्बर १ सम्म पुगेको छैन। सो सडकले अहिलेसम्म एउटा वस्तीलाई मात्र छोएको छ। ‘सडक बने हामीलाई खानीडा“डाको बजारसम्म पुग्न सजिलो हुन्छ,’  स्थानीय डम्मर रोक्कामगरले भने, ‘औषधिउपचार गर्न तथा यहाँका बालबालिकाको अध्ययनका लागि खानीडाँडा बजारमै जानुपर्ने बाध्यता छ।’ 

सो बस्ती खानीडा“डा बजारबाट झण्डै एक घन्टाको पैदल यात्रामा पुगिन्छ। रोक्कामगरले भने, ‘हिउँद तथा गर्मीमा बजार पुग्न आधा घण्टा लाग्छ। तर, वर्षातमा पहिरो र चिप्लो बाटोका कारण एक घण्टा लाग्छ।’

खानीडाँडाको मुख्य बजारदेखि गुणीगाउँ जोड्ने सडकमा पनि ठाउँ–ठाउँमा पहिरोले अवरुद्ध बनाएको छ। बिहीबार पहिरोले घर पुरेपछि विस्थापित भएका त्यस वस्तीका मानिस राहत लिन बजारमै रहेको अस्थायी प्रहरी विटमा आउ“दै थिए। स्थानीय बिर्ख धामीले भने, ‘पहिरोले गर्दा यहाँसम्म पुग्न पनि असहज छ।’ 

Ncell 2
Ncell 2
nimb
nimb

कठिन पैदल यात्रापछि प्रहरी बिट पुगेका उनले थकित मुद्रामा भने, ‘सडक भए पनि दुःख, नभए पनि दुःख।’

चुरे गाउ“पालिकामा निर्माणाधीन यी सडकमात्र होइनन्, अहिले खोलिएका सडकहरू पहिरोले गर्दा अवरुद्ध भएका छन्। वातावरण विषयमा लेख्ने पत्रकार मिन ठकुरीले भने, ‘चुरेमा जता मन लाग्यो त्यतै सडक खन्नु हुँदैन।’

हरेक वर्ष वर्षायाममा कैलालीको तराईमा बाढी तथा डुबान र पहाडी क्षेत्रमा पहिरो तथा बाढीको समस्या बढ्ने गरेको छ। दुर्गम मानिएको कैलालीका पहाडी दुई गाउपालिका (चुरे र मोहन्याल) का अधिकांस बस्ती पहिरोको जोखिममा छन्। पत्रकार ठकुरीले भने, ‘चुरेका खहरे खोलाहरूले नै तराईमा बाढी तथा डुबानको समस्या बढ्ने गरेको छ।’ 

चुरे गाउँपालिकाका सबै वडा सडक सञ्जालसँग जोडिएका छन्। गाउँपालिकाका अध्यक्ष धनबहादुर रोक्का मगरले भने, ‘हामीले सबै वडालाई सडक सञ्जालसँग जोडे पनि वर्षातमा भने पहिरोका कारण बाटो अवरुद्ध हुने गरेको छ।’

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

गाउँपालिकाले सबै वडामा सडक सञ्जाल पुर्‍याएपछि सबै टोल बस्तीसम्म पनि सडक पुर्‍याउने योजना बनाएको छ। गाउ“पालिकाका अध्यक्ष रोक्कामगरले अहिले खैराला जाने र ढुङ्गेनी सडकमा स्काभेटर लगाएर बाटो खोल्ने काम भइरहेको बताए।

प्रकाशित मिति: सोमबार, साउन १९, २०७७  ०८:०८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
शेरबहादुर ऐर
शेरबहादुर नेपाललाइभका संवाददाता हुन्
लेखकबाट थप
अदालतमै चलिरहेको रिटको बेवास्ता गर्दै धनगढीमा जग्गासम्बन्धी कार्यविधि लागू
धनगढीको सरकारी गाडी चेकजाँचका क्रममा रोक्दा नगर प्रमुख हमालको प्रहरीमाथि आक्रोश– ‘कैलाली जिल्ला प्रहरी?’
स्थानीय तहमा जथाभावी नदिजन्य पदार्थ उत्खनन बढ्दो
सम्बन्धित सामग्री
मुगु जिल्लाको एक मात्र आवासीय विद्यालयमा छात्रावासको अभावमा पठनपाठनमा समस्या बिहीबार, असोज २९, २०८३
बडादसैँको चौथो दिन आज कुष्माण्डा देवीको पूजा गरिँदै बडादसैँको चौथो दिन आज नवदुर्गामध्येकी चौथो देवी कुष्माण्डाको विधिपूर्वक पूजा आराधना गरिँदै छ। आश्विन शुक्ल चतुर्थीका दिन कुष्माण्डा... बुधबार, असोज २८, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता एउटै वडाका चार युवाले प्रहरी सेवामा प्रवेशका लागि प्रतिस्पर्धा गर्दै सफलता हासिल गर्नुले स्थानीयस्तरमा शिक्षा, मेहनत र लगनशीलताको चर... मंगलबार, असोज २७, २०८३
ताजा समाचारसबै
लगानी बाेर्डका पुर्व सिईओ भट्ट पक्राउ शनिबार, असोज ३१, २०८३
बाढी प्रभावित ६७ बालबालिकाका लागि ललितपुरमा आवासीय विद्यालय सञ्चालनमा ल्याउँदै महिला बालबालिका मन्त्रालय शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्मा नियुक्त शनिबार, असोज ३१, २०८३
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ? शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
साइबर ब्युरोबाट छुटेपछि किशाेर श्रेष्ठले के भने? शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्