एजेन्सी–विश्वभर कोरोना संक्रमितको संख्या १ करोड ७९ लाख पुगेको छ।
जोन्स हप्किन्स विश्वविद्यालयको पछिल्लो तथ्यांकअनुसार संक्रमितको संख्या १ करोड ७९ लाख ९६ हजार ५ सय ३८ पुगेको हो। कोरोना संक्रमणबाट हालसम्म ६ लाख ८७ हजार ६७ जनाको मृत्यु भइसकेको छ भने १ करोड ६ लाख ३४ हजार ३ सय ९३ जना निको भएका छन्।
कोरोना महामारीबाट सबैभन्दा बढी प्रभावित अमेरिकामा संक्रमितको संख्या ४६ लाख ६५ हजार २ पुगेको छ भने १ लाख ५४ हजार ८ सय ३४ जनाको मृत्यु भइसकेको छ। यस्तै, ब्राजिलमा २७ लाख ७ हजार ८ सय ७७ संक्रमित र ९३ हजार ५ सय ३६ मृत्यु, भारतमा १७ लाख ५० हजार ७ सय २३ संक्रमित र ३७ हजार ३ सय ६४ मृत्यु तथा रुसमा ८ लाख ४९ हजार २ सय ७७ संक्रमित र १४ हजार १ सय ४ जनाको मृत्यु भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।