‘आफू स्वतन्त्र भएको मिथ्या विश्वास बोक्ने व्यक्तिभन्दा ठूला बन्धक संसारमा अरू कोही छैनन्।’
जर्मन साहित्यकार गोएथेले व्यक्त गरेको स्वतन्त्रतासम्बन्धी यो अभिव्यक्तिले मानवजातिको दुःखलाई दर्शाउँछ। सन् १९८९ मा बेइजिङमा भएको तियानमेन स्क्वायरको घटनापछि चीनले प्रकाशन गरेको पाठ्यक्रमलाई सम्भ्रान्त वर्गले गलत हिसाबमा बुझे। हाम्रा नेताहरुले सोभियत संघको विघटनपश्चात् चीनले पूँजिवादी व्यवस्था अँगाल्दै अन्य पश्चिमा देशजस्तै व्यवस्था लागू गर्छ भन्ने सोचेका थिए।
अमेरिका र अन्य विदेशी आर्थिक र प्राविधिक पक्षसँग जोडिएको चीनले यसबीच ठूलो पूँजी संकलन गर्याे भने त्यति नै मात्रामा धनाढ्यको जन्म भयो। यो पुँजीवादी विकासको नमुना थियो‚ जसले विस्तारै चिनियाँ नागरिकलाई प्रजातन्त्र र स्वतन्त्रताको आभाष गराउने सोचिएको थियो।
यो एउटा राजनीतिक सिद्धान्तको अर्को व्यवस्था पनि हुन सक्छ भन्ने कुरा यसबीच बुझिएन। पूँजीको प्रचुर विकास गरेको चीनले अन्य दललाई नियन्त्रण र निर्मुलन गर्ने बाटो अख्तियार गर्याे। चीनले आफ्नो अर्थ नीतिमा नै स्वतन्त्रताको आवाज र अल्पसंख्यकलाई दबाउने नीति लियो‚ जुन युद्धअघिको नेशनल सोसलिस्ट पार्टी जर्मनीको प्रारुपसँग नजिक थियो।
जर्मनीको पुनःनिर्माण र औद्योगीकरणको प्रयासले गर्दा सन् १९३० को दशकमा सामान्यतया विल्हेल्म मेसेर्शमिट, क्रुप परिवार, आईजी फर्बेनका हर्मन स्मिट्ज र क्लाउड डोर्निरजस्ता आविष्कारक र उद्योगीहरु अरूभन्दा धनाढ्य वर्गमा गनिन थाले। चीनलाई एक कट्टर कम्युनिस्ट हुनु घातक हुँदै थियो।
यसको बदलामा युद्धअघिको जर्मन मोडल फरक थियो। जर्मनीले जस्तै आर्थिक, वैज्ञानिक र सैनिक हिसाबमा चीनजस्तो वृहत् जनसंख्या भएको देशले शक्ति सञ्चय गर्ने हो भने पुरा विश्वलाई नियन्त्रणमा लिन सक्ने हैसियत राख्ने थियो। सोभियत संघको पतनपछि चीनले आफ्नो आर्थिक विकासका लागि जे-जस्तो नामको मुखौटा लगाए पनि खासमा चीन जर्मनीको जस्तै मोडलमा आफूलाई अभ्यस्त बनाउँदै थियो।
चीनलाई आफ्नो विकास जारी राख्न र आफूले उत्पादन गरेका वस्तुमा मौलिकपनको आभाष विश्वलाई दिन जरुरी थियो। योसँगै राजनीतिक र सैद्धान्तिक दमन, बौद्धिक सम्पत्तिको चोरी, छल गरेर भए पनि विदेशी पूँजीको उपयोग गर्ने आधारलाई निस्तेज गर्नसक्ने अवस्थामा थिएन। यति हुँदा पनि चीनको शासन व्यवस्था सिद्धान्त र अलौकिक स्वतन्त्रताकाको जिद्धिपनमा अडिएको थियो।
स्वतन्त्रतासँग सम्बन्धित विषय विश्वका कुलीन वर्गलाई लोभ्याउन र सहकार्य गर्न पर्याप्त थियो। त्यही सहकार्यको प्रतिफलस्वरुप चीनले आफ्नो दमनकारी शासन व्यवस्थालाई झनै मजबुत बनाउँदै लग्यो। हामीले चीनले अवलम्बन गर्न नखोजेको व्यवस्थाका विषयमा जानकारी लिने चेष्टा नै गरेनौँ। सन् २००९ मा लिऊ स्याओवाओ‚ जसले चीनभित्र स्वतन्त्रताको माग गर्दै बडापत्र ०८ लेखेका थिए‚ उनलाई एघार वर्षको काराबास सजाय घोषणा गर्दा नै हामीले चीनको यो संकेत बुझ्नुपर्ने थियो।
स्वतन्त्रताको माग गर्ने लिऊलाई दिइएको सजायपछि पनि पश्चिमा प्रविधि र अर्थतन्त्रबाट चीन वञ्चित हुनुपरेन। लिऊले सन् २०१० को नोबेल शान्ति पुरस्कार त पाए तर त्यो लिन उनले सन् २०१७ सम्म कुर्नुपर्याे‚ कारण उनी काराबास सजाय भोगिरहेका थिए। पछि रिहा हुँदा उनलाई कलेजोको क्यान्सर देखियो।
हामीले भोगिरहेका/देखिरहेका विषयमा पनि कहिलेकाहीँ दृष्टिभ्रम हुने गर्छ। कहिलेकाहीँ असत्य पनि सत्य लाग्न सक्छ भने कहिलेकाहीँ सत्य पनि असत्यजस्तो लाग्छ। यस्तो किसिमको भोगाइले हामीले काल्पनिक विषय र सत्यलाई छर्लंग पारेको छ। लोकतन्त्रको पालनाको सम्बन्धमा चीनले वकालत गर्दै आएको आफ्नो तरिका र हालै चीनबाट सुरू भएको कोरोना भाइरसले पनि उसको लोकतन्त्रप्रतिको बुझाइलाई थप प्रष्ट्याएको छ। विषाक्त मानसिकताले हाम्रो सरकार, एकेडेमिक र व्यवसायिक क्षेत्रका अगुवालाई गाँजेको छ। यस्तो नेतृत्वले हाम्रो समाजमा आउन सक्ने विपत्तिलाई सामना गर्न सक्ने हामी विश्वास गर्छौं।
यस्तो अन्धोपनको अन्त्य हुनुपर्छ।
जनगणतान्त्रिक मुलुक चीन अमेरिकी इतिहासमै अनौठो खालको खतराका रुपमा देखा परेको छ। कोरोना भाइरसको विपत्तिका कारण हामीले चीन र त्यसको कम्युनिस्ट शासनको छलकपट र त्यसले मावनजातिमा पारेको प्रभावलाई नजिकबाट देखेका छौँ।
चीनमा लाखौँका संख्यामा निधन भएका मानिसको जिम्मा कम्युनिजमले लिनुपर्छ। आफ्नो शासन व्यवस्थालाई मजबुत राख्न अन्धविश्वासलाई चीनले आफ्नो साधन बनाएको छ।
के हामी सुन्दैनौं?
अनियन्त्रित शक्तिको भोको चीन एक प्रकारको सर्प, ओबोरबोरसजस्तो छ‚ जो आफूले आफैंलाई खान पनि पछि पर्दैन। पूँजिवादी देशबाट कमाएको पैसा कम्युनिजमको विकासमा खर्च गरेको छ‚ अनि त्यही पूँजिवादी देशलाई हानी गर्दै त्यहाँ रहेका आफ्नो ग्राहकलाई क्षति पुर्याउने दिशामा लागिपरेको छ। ओबोरबोरसले सबै प्रकारको सुरुवात र अन्त्यको प्रतिनिधित्व गर्छ। अफिम युद्धपछि पश्चिमा देशको खटन मान्न परेको चीन पछि रूस र जपानबाट अतिक्रमणमा पर्याे। जसले गर्दा १८३९ बाट सन् १९४९ सम्म एक शताब्दी लामो समय अपमानको विरासतमा रहेको चीन त्यसलाई अन्त्य गर्न चाहन्छ।
सिर्जनशील विध्वंस हाल धेरै क्षेत्रसँग सम्बन्धित भए पनि यसको मुख्य अभ्यास मार्क्सको विचारमा पाइन्छ। नामले नै भन्छ कुनै पनि नयाँ विकासका लागि भएको संरचनाको विनाश आवश्यक छ। यही बाटो चिनियाँ कम्युनिस्ट पार्टीले पछ्याएको छ। हाम्रो देशको निष्क्रियताका कारण हामी चीनको यो प्रगतिलाई उचित रुपमा स्वीकार गरिरहेका छौं। यो स्वीकार नगर्दा आर्थिक हिसाबमा हामीलाई नै ठूलो घाटा हुन्छ।
कोरोना भाइरस एउटा डरलाग्दो महामारी हो तर हामीले आजभन्दा १०/२० वर्षपछिको विश्वको कल्पना गर्नुपर्ने हुन्छ‚ जुनबेला चीनको कुल गार्हस्थ उत्पादन अमेरिकाको भन्दा ५० प्रतिशतले धेरै हुनेछ। त्यसबेला चीनसँग कति शक्ति सञ्चय होला? उनीहरुले अरुलाई नियन्त्रणमा लिन कस्तो हतियारको प्रयोग गर्लान्?
दोस्रो विश्व युद्धको शुरुवातमा नै धेरै रणनीतिकारले जर्मनी र जपानले युद्ध हार्ने पूर्व अनुमान गरिसकेका थिए। यस्तो अनुमान गर्नुको पछाडि विभिन्न कारण छन्। जनसंख्या र प्राकृतिक स्रोत साधनको हिसाबमा यी दुवै देश अमेरिकाले नेतृत्व गरेको शक्तिको तुलनामा कमजोर थिए‚ जसकारण यी दुवै देश लामो समयसम्म युद्धमा रहन सक्ने अवस्थामा थिएनन्। त्यसपछि सोभियत संघले हाम्रो स्थायित्वमा ठूलो खलल पुर्यायाे। विशेषगरी अन्तर्राष्ट्रिय शान्ति, विकास र व्यक्तिगत स्वतन्त्रताको विषयमा।
सन् १९५० र ६० को दशकमा अमेरिकी गुप्तचर निकाय सिआइएका विश्लेषकहरुले सोभियत संघको अर्थतन्त्रले अमेरिकालाई उछिन्ने विश्लेषण गरिरहे। यस विषयलाई सोभियत प्रधानमन्त्री निकिता खुस्चेवले पनि यो कुरा बारम्बार दोहाेर्याइरहन्थे। यो विश्लेषणले अमेरिकाको धेरै नीतिलाई प्रवाभित पार्याे। तर, सोभियत संघ अमेरिकाको अर्थतन्त्रको नजिक कहिल्यै आउन सकेन। आज अमेरिकाको कुल गार्हस्थ रसियाकोभन्दा बाह्रगुणा ठूलो छ।
तर, चीनले भने अमेरिकालाई कम्तिमा अर्को दशकसम्म आर्थिक रुपमा पछि पार्नेजस्तो देखिएको छ। यदि ‘पर्चेजिङ पावर प्यारिटी’ (पिपिपी) का आधारमा हेर्दा चीनले अमेरिकालाई पछि पारिसकेको छ। चीनका मानिसको प्रतिव्यक्ति आय अमेरिकाको तुलनामा कम छ तर उनीहरुको जनसंख्या अमेरिकाको भन्दा करीब ४.२५ गुणा ठूलो छ। त्यसैले यदि चीनको प्रतिव्यक्ति आय कुनै पनि विकसित देशको तुलनामा पुग्यो भने त्यसबेला चीनले आर्थिक हिसाबमा विश्वको जुनसुकै शक्तिलाई पनि पछि पार्ने ल्याकत राख्छ।
पुनर्निर्माणको उद्देश्यलाई एकाकार गर्दै दोस्रो विश्व युद्धपछि अमेरिकाले पश्चिम युरोप र जापानको पुनर्निर्माणलाई निरन्तर सहयोग गर्दै आयो। यो पुनर्निर्माणमा अमेरिकाले चार चरणको कार्यक्रम छुट्टाछुट्टै राष्ट्रपतिको आठ कार्यकालसम्म पनि जारी नै राख्यो‚ जसका कारण पुनर्निर्माणले निश्चित आकार लिनसकेको थियो। यही सहयोग कदमस्वरुप कम्युनिस्ट चीनले पनि अमेरिकाको सहयोग प्राप्त गरेको थियो। त्यस्तै अमेरिकी राष्ट्रपति जिम्मी कार्टरले चीनलाई कूटनीतिक मान्यता दिँदै अमेरिका जन गणतन्त्र चीनसँग दुई पक्षीय सम्बन्ध राख्न तयार रहेको घोषणा गरेका थिए।
तेस्रो भनेको अमेरिकी राष्ट्रपति बिल क्लिन्टनले चीनलाई विश्व व्यापार संगठनको सदस्यको मान्यता दिनु हो। त्यस्तै, उनले चीनलाई नागरिक/सैन्य प्रविधिको प्रयोग एकैपटक गर्न पाउने छुट पनि दिएका थिए। यसैगरी‚ राष्ट्रपति बाराक ओबामाले चीनलाई एक अनुकल मित्र राष्ट्रको मान्यता दिँदै अमेरिकी संस्था र शक्तिको संरचनासँग एकाकार गराए।
बेलायतका प्रख्यात अर्थशास्त्री एन्गस म्याडिसनले लेखेका छन्, ‘चीन पछिल्ला सहशताब्दीसम्म विश्वकै सबैभन्दा ठूलो अर्थतन्त्रका रुपमा रहँदै आएको थियो। तर‚ यो स्थान सन् १८९० मा अमेरिकाले लियो। अन्य देशको तुलनामा सन् १९५२ मा चीनको प्रतिव्यक्ति आय निकै कम थियो। त्यसबेलाको प्रतिव्यक्ति आय सन् १८२० को तुलनामा पनि कम थियो। जुन एक विरोधाभाषपूर्ण छ। यो अवधिमा चीन विश्वको कुल अर्थतन्त्रको तेस्रो ठूलो देशबाट एक्काइसौँ स्थानमा झर्याे। ठूलो अर्थतन्त्रबाट अन्य देश सरह चीनको अर्थतन्त्र मध्यम भयो।’
चीनको अर्थतन्त्र निरन्तर गिर्नुमा बेलायती सरकारले चीनसँग छेडेको अफिम युद्धलाई एक प्रमुख कारणका रुपमा लिन सकिन्छ। यो युद्धले चीनको लागूऔषध व्यापारमा रहेको एकलौटी बजारलाई खुम्च्यायो भने यस्ता अन्य धेरै कारणले उसको सार्वभौमसत्तालाई धक्का लाग्यो। चीनले हाल अख्तियार गरेको उसको व्यापार नीतिलाई पश्चिमा देशले लागूऔषध कारोबारमा गरेको धोकाधढीसँग पनि जोडेर हेर्न सकिन्छ।
टिंटसिन सन्धिले दोस्रो अफिम युद्ध समाप्त गर्याे‚ जसमा बेलायत, अमेरिका, फ्रान्स, रसियाले संयुक्त रुपमा हस्ताक्षर गरेका थिए। यो सन्धिलाई सन् १८६० मा चीनको तत्कालीन शासकले पहिचान दिएसँगै चीन थप धरासायी बनेको थियो। आज चीन, आफूलाई एक देशभन्दा पनि सभ्यताका रुपमा हेर्छ। चिनियाँ कम्युनिस्ट पार्टीको दृष्टिकोणमा चीनले आज गरिरहेको शक्ति पतिर्वतनको खेल जायज छ तर यही परिप्रेक्ष्यमा चीनको दाबीलाई स्वीकार गर्दा हामीलाई चीनबाट आउने दिनमा थप खतरा हुनसक्नेतर्फ ध्यान दिनुपर्छ।
नेसनल इन्ट्रेस्टमा २० जुलाईमा प्रकाशित यो सामग्री नेपाल लाइभका लागि परीक्षा सापकोटाले भावानुवाद गरेकी हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।