वासिङ्टन- अमेरिकाले चिनियाँ भिडियो सेयरिङ एप्लिकेसन्स टिकटकमा प्रतिबन्ध लगाउन सकिने जनाएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार टिकटकमा प्रतिबन्ध लगाउन सकिने बताएका हुन्।
'हामीले यस विषयमा विचार गरिरहेका छौँ कि अमेरिकाले टिकटकमा प्रतिबन्ध लगाउन पनि सक्छ,' उनले भने, 'हामीसँग टिकटकका अरु पनि कैयौँ विकल्पहरु हुन सक्छन्, त्यस बारेमा खोजी गरेका छौँ। हामीले यसमा प्रतिबन्ध लगाउन सक्छौँ।
अमेरिकामा कतिपय चिनियाँ एप्लिकेन्सहरुमा प्रतिबन्ध लागेको छ। त्यसैले अमेरिकाले टिकटकमा पनि प्रतिबन्ध लगाउनसक्ने तयारी गरेको चर्चा सुरु भएका बेला राष्ट्रपति डोनाल्ड ट्रम्पको यो भनाई आएको हो।
यसअघि जुलाइको पहिलो सातामा नै अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले पनि अमेरिकाले टिकटकमाथि प्रतिबन्ध लगाउने बारेमा सोचिरहेको बताएका थिए। त्यसको करिब महिना दिनपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको यो भनाई आएको हाे ।
(रासस-एएनआई)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।