बेइजिङ- चीनमा कृषिजन्य उत्पादनको थोक मुल्यमा अत्यधिक गिरावट आएकाे छ। कृषि तथा ग्रामिण मामिला मन्त्रालयले शुक्रबार दिएको जानकारी अनुसार अघिल्लो दिनभन्दा ०.०५ अङ्कले तल झरेको छ।
शुक्रबार दिउसो औसत थोक मूल्यअनुसार सुगुरको प्रतिकेजी मासुमा ०.३ प्रतिशतले गिरावट आएको हो। त्यसैगरी प्रतिकेजी अण्डामा २.७ प्रतिशतसम्म मूल्य घटेको छ। अधिकारीहरुले मुख्य मुख्य २८ प्रकारका तरकारीको प्रति केजीको मूल्यमा औसतमा ०.७ प्रतिशत सस्तो भएको सरकारी सर्वेक्षणले देखाएको जनाएका छन्।
त्यसैगरी छ प्रकारका विभिन्न फलफुलहरुमा प्रतिकेजी १.७ प्रतिशतसम्म मूल्यमा गिरावट आएको अधिकारीहरुले जनाएका छन्। मूल्यको अवस्था मूल्याङ्कन गर्दा झण्डै दुई सय थोकमुल्य बजारबाट विवरण सङ्कलन गरिएको थियो। विवरण सङ्कलकहरुले यस्तो विवरण दैनिक रुपमा सङ्कलन गर्ने गरेको र त्यसमा फलफुल, तरकारी, मासु, अण्डालगायतका खाद्य पदार्थको विवरण समावेश हुने गरेको अधिकारीहरुले जनाएका छन्।
(रासस-सिन्ह्वा)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।