एजेन्सी- कोरोना भाइरसको भ्याक्सिन बनाउने कार्यमा ठूलो सफलता मिलेको दाबी अक्सफोर्ड विश्वविद्यालयले गरेको छ। विश्वविद्यालयले तयार गरेको कोरोना भाइरसविरूद्धको भ्याक्सिनले मानिसमा रोग प्रतिरोधात्मक क्षमता अभिवृद्धि गर्ने बताइएको गरिएको छ।
कुल १ हजार ७७ जनामा गरिएको परीक्षणमा भ्याक्सिनले सकारात्मक परिणाम देखाएको उल्लेख गरिएको छ। परीक्षण गरिएका सबै मानिसमा पहिलेकोभन्दा रोग प्रतिरोधात्मक क्षमता अभिवृद्धि भएको पाइएको हो। यो भ्याक्सिनको प्रयोगबाट मानिसको शरीरमा एन्टिबडीको निर्माण हुन्छ। एन्टिबडीले कोरोना भाइरससँग लड्ने काम गर्छ।
यो परीक्षणलाई धेरै मानिसले आशाको केन्द्रबिन्दुका रूपमा लिएका छन्। यो परीक्षणपछि पनि भ्याक्सिनको अझै धेरै मानिसमा परीक्षण गर्न बाँकी नै रहेको अनुसन्धाताहरूले बताएका छन्।
बेलायती सरकारले भने पहिले नै १० करोड भ्याक्सिन उत्पादन गर्नका लागि निर्देशन दिइसकेको बताइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।