एजेन्सी–विश्वभर कोरोना संक्रमितको संख्या १ करोड ३५ लाख नजिक पुगेको छ। जोन्स हप्किन्स विश्वविद्यालयको पछिल्लो तथ्यांकअनुसार कोरोना संक्रमितको संख्या १ करोड ३४ लाख ९४ हजार ७ सय ७१ पुगेको हो। कोरोनाबाट हालसम्म ५ लाख ८२ हजार ५ सय ४७ जनाको मृत्यु भइसकेको छ भने ७५ लाख २२ हजार १ सय ४७ जना निको भइसकेका छन्।
कोरोनाबाट सबैभन्दा बढी प्रभावित अमेरिकामा संक्रमितको संख्या ३४ लाख ९० हजार ७ सय ३५ पुगेको छ भने १ लाख ३७ हजार २ सय ३५ को मृत्यु भइसकेको छ। ब्राजिलमा १९ लाख ६६ हजार ७ सय ४८ संक्रमित र ७५ हजार ३ सय ६६ को मृत्यु, भारतमा ९ लाख ३६ हजार १ सय ८१ संक्रमित र २४ हजार ३ सय ७ को मृत्यु तथा रुसमा ७ लाख ४५ हजार १ सय ९७ संक्रमित र ११ हजार ७ सय ५३ को मृत्यु भइसकेको छ।
यस्तै, पेरुमा ३ लाख ३७ हजार ७ सय ५१ र चिलीमा ३ लाख २१ हजार २ सय ५ संक्रमित भएका छन्। त्यहाँ क्रमशः १२ हजार ४ सय १७ र ७ हजार १ सय ८६ जनाको मृत्यु भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।