एजेन्सी–विश्वभर कोरोना संक्रमितको संख्या १ करोड ३२ लाख नाघेको छ। जोन्स हप्किन्स विश्वविद्यालयको पछिल्लो तथ्यांकअनुसार कोरोना संक्रमितको संख्या १ करोड ३२ लाख ७१ हजार ७ सय ५६ पुगेको हो। कोरोनाबाट हालसम्म ५ लाख ७६ हजार ९ सय ८० जनाको मृत्यु भइसकेको छ भने ७३ लाख ६७ हजार १ सय ६ जना निको भइसकेका छन्।
कोरोनाबाट सबैभन्दा बढी प्रभावित अमेरिकामा संक्रमितको संख्या ३४ लाख २४ हजार ३ सय ४ पुगेको छ भने १ लाख ३६ हजार ४ सय ३२ को मृत्यु भइसकेको छ। ब्राजिलमा १९ लाख २६ हजार ८ सय २४ संक्रमित र ७४ हजार १ सय ३३ को मृत्यु, भारतमा ९ लाख ६ हजार ७ सय ५२ संक्रमित र २३ हजार ७ सय २७ को मृत्यु तथा रुसमा ७ लाख ३८ हजार ७ सय ८७ संक्रमित र ११ हजार ५ सय ९७ को मृत्यु भइसकेको छ।
यस्तै, पेरुमा ३ लाख ३३ हजार ८ सय ६७ र चिलीमा ३ लाख १९ हजार ४ सय ९३ संक्रमित भएका छन्। त्यहाँ क्रमशः १२ हजार २ सय २९ र ७ हजार ६९ जनाको मृत्यु भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।