एजेन्सी–विश्वमा कोरोना संक्रमितको संख्या १ करोड ३० लाख नाघेको छ। जोन्स हप्किन्स विश्वविद्यालयको पछिल्लो तथ्यांकअनुसार कोरोना संक्रमितको संख्या १ करोड ३० लाख ४८ हजार २ सय ४९ पुगेको हो। हालसम्म ५ लाख ७१ हजार ८ सय १७ जनाको मृत्यु भइसकेको छ भने ७२ लाख १५ हजार ८ सय ६५ जना निको भइसकेका छन्।
कोरोनाबाट विश्वमै सबैभन्दा बढी प्रभावित अमेरिकामा संक्रमितको संख्या ३३ लाख ६१ हजार ४२ पुगेको छ भने १ लाख ३५ हजार ५ सय ८२ जनाको मृत्यु भएको छ।
यस्तै, ब्राजिलमा १८ लाख ८४ हजार ९ सय ६७ संक्रमित र ७२ हजार ८ सय ३३ मृत्यु, भारतमा ८ लाख ७८ हजार २ सय ५४ को संक्रमित र २३ हजार १ सय ७४ को मृत्यु तथा रुसमा ७ लाख ३२ हजार ५ सय ४७ संक्रमित र ११ हजार ४ सय २२ जनाको मृत्यु भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।