ब्रासिलिया- ब्राजिलमा कोरोना भाइरस (कोभिड १९)बाट संक्रमित हुनेको संख्या दिनप्रतिदिन बढ्दो छ। साथै यहाँ पछिल्ला हप्ताहरुमा काेराेना संक्रमणबाट ज्यान जाने व्यक्तिको संख्यामा पनि वृद्धि भइरहेको छ।
ब्राजिलकाे स्वास्थ्य मन्त्रालयले दिएको पछिल्लो तथ्यांकअनुसार संक्रमणबाट ज्यान जाने व्यक्तिहरुको संख्या कम्तीमा पनि ७२ हजार पुगेको बताइएको छ। ब्रालिजमा पछिल्लो २४ घन्टायतामात्र ६३१ जनाको ज्यान गएको ब्राजिलको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार ब्राजिलमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या १८ लाख ६४ हजार जना पुगेको छ। पछिल्लो २४ घण्टा यता ब्राजिलमा २४ हजार ९३१ जना नयाँ संक्रमित फेला परेका हुन्।
त्यस्तै ब्राजिलमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या पनि ७२ हजार १०० पुगेको छ। पछिल्लो २४ घण्टामा मात्र ब्राजिलमा कोरोना भाइरसका यतिधेरै संक्रमित थपिएका हुन्। त्यस्तै गएको २४ घन्टामा ६३१ जनाको मृत्यु भएको अधिकारीहरुले जानकारी दिएका छन्।
गएको शनिबारमात्र ३९ हजार जना नयाँ संक्रमित थपिएको जनाइएको थियो। एकै दिनमा यति धेरै संक्रमित थपिनुका साथै १ हजार ७१ जनाको ज्यान गएको हाे। त्यसैगरी शुक्रबारमात्र करिब १ हजार २०० जनाको एकैदिनमा निधन भएको बताइएको छ। पछिल्लो समयमा नयाँ संक्रमितका साथै मृत्यु हुनेको संख्यामा पनि वृद्धि भइरहेको छ।
ब्राजिलको सबैभन्दा ठूलो सहर साओ पाउलोले बार, रेस्टुरेन्ट, ब्युटीपार्लर, सैलुन खोल्ने तयारी गरिरहेको अवस्थामा ब्राजिलमा कोरोना भाइरसका संक्रमितको संख्या १८ लाख नाघेको हो। उता रियो दि जेनेरियोमा भने यसै हप्तामात्र बार र रेष्टुरेन्ट खुलिसकेका छन्। ब्राजिल अमेरिकापछि कोरोना भाइरसबाट सबैभन्दा धेरै प्रभावित हुने मुलुक हो।
(रासस-एएनआई)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।