एजेन्सी–दक्षिण अफ्रिकी सरकारले कोरोना संक्रमण फैलनबाट रोक्न मदिरा बिक्रीमा प्रतिबन्ध लगाएको छ। यसका साथै सोमबारदेखि दैनिक रातिको समयमा कफ्र्यु लगाइएको छ भने घरबाट बाहिर निस्कँदा मास्क लगाउन पनि अनिवार्य गरिएको छ।
राष्ट्रपति सिरिल रम्फोसाले यस वर्ष दोस्रो पटक लगाइएको प्रतिबन्धले देशको स्वास्थ्य व्यवस्थामा पर्ने दबाब कम हुने अपेक्षा लिइएको बताएका छन्।
दक्षिण अफ्रिकामा कोरोना संक्रमितको संख्या २ लाख ७६ हजार नाघेको छ भने ४ हजारभन्दा बढीको मृत्यु भइसकेको छ। सरकारले वर्षको अन्त्यसम्म यहाँ ५० हजारभन्दा बढीको मृत्यु हुने आँकलन गरेको छ।
कोरोना संक्रमण तीव्र रुपमा फैलँदै गएपछि सरकारले लगाएको संकटकाल १५ अगस्टसम्म बढाइएको छ भने दैनिक राति ९ बजेदेखि बिहान ४ बजेसम्म कफ्र्यु लगाइनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।