एजेन्सीं–कोरोनाबाट सबैभन्दा बढी प्रभावित अमेरिकामा आइतबार थप ४० हजारमा संक्रमण देखिएको छ भने ३ सय १२ जनाको मृत्यु भएको छ। योसँगै संक्रमितको संख्या ३३ लाख १ हजार ८ सय २० पुगेको छ । अमेरिकामा हालसम्म १ लाख ३५ हजार १ सय ७१ जनाको संक्रमणका कारण मृत्यु भइसकेको छ भने १० लाख ६ हजार ३ सय २६ जना निका भइसकेका छन्।
सबैभन्दा बढी प्रभावित राज्य न्युयोर्कमा संक्रमितको संख्या ४ लाख १ हजार ७ सय ६ पुगेको छ भने ३२ हजार ३ सय ५० जनाको मृत्यु भइसकेको छ। यस्तै, क्यालिफोर्नियामा ३ लाख २४ हजार ३ सय ३२, फ्लोरिडामा २ लाख ६९ हजार ८ सय ११,टेक्सासमा २ लाख ६१ हजार ९ सय ३५ न्युजर्सीमा १ लाख ७५ हजार २ सय ९८ जना संक्रमित भएका छन्।
मृतकको संख्याका हिसाबले दोस्रो बढी प्रभावित राज्यमा न्युजर्सी छ, जहाँ १५ हजार ५ सय २५ जनाको मृत्यु भएको छ। कम प्रभावितमा गुआम, युएस भर्जिन आइल्याण्ड, नर्दन मारियाना आइल्याण्ड, अलास्का छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।