एजेन्सी–कोरोना संक्रमण बढेपछि भारतको उत्तर प्रदेशमा ५५ घण्टाको लकडाउन लगाइएको छ।
शुक्रबार राति १० बजेदेखि सोमबार बिहान ५ बजेसम्मका लागि लकडाउन लगाइएको हो। यसक्रममा धार्मिक स्थल, अस्पताल र अत्यावश्यक सामानका पसल भने खुला रहनेछन्।
उत्तर प्रदेशमा शुक्रबार एकै दिन १ हजार ३ सय ४७ संक्रमित थपिएका छन् भने २७ जनाको मृत्यु भएको थियो। योसँगै त्यहाँ मृत्यु हुनेको संख्या ८ सय ८९ पुगेको छ भने संक्रमितको संख्या ११ हजार २४ पुगेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।