एजेन्सी–विश्वभर कोरोना महामारी कम हुने संकेत अझै देखिएको छैन । गत २४ घण्टामा विश्वमा २ लाख २८ हजार १ सय २ जनामा नयाँ संक्रमण देखिएको छ। एकै दिन धेरै संक्रमण थपिएको रेकर्ड कायम भएको हो।
जोन्स हप्किन्स विश्वविद्यालयको पछिल्लो तथ्यांकअनुसार विश्वभर कोरोना संक्रमितको संख्या १ करोड २४ लाख ४६ हजार १ सय ५ पुगेको छ। सबैभन्दा बढी प्रभावित अमेरिकामा ३१ लाख ७५ हजार ५ सय ४५ संक्रमित पुगेका छन् भने मृत्यु हुनेहरुको संख्या १ लाख ३३ हजार ९ सय ६९ पुगेको छ। ब्राजिलमा संक्रमितको संख्या १८ लाख ८ सय २७ पुगेको छ भने ७० हजार ३ सय ९८ जनाको मृत्यु भइसकेको छ।
विश्वमा तेस्रो प्रभावित मुलुक भारतमा ७ लाख ९३ हजार ८ सय २ जनामा संक्रमण देखिएको छ भने २१ हजार ६ सय ४ जनाको मृत्यु भएको छ। भारतमा गत २४ घण्टामा २६ हजार ५ सय ६ संक्रमित थपिएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।