सोल- दक्षिण कोरियामा कोरोना भाइरस (कोभिड–१९)का संक्रमित पछिल्लो समयमा बढेको देखिएको छ। संक्रमित हुनेहरुको संख्या पछिल्ला हप्ताहरुमा बढ्दै गएको देखिएको बताइएकाे छ। गत २४ घण्टामा थप ५० मा कोरोना भेटिएको छ।
योसँगै काेरियामा संक्रमितहरुको संख्या १३ हजार १९३ जना पुगेको छ। पछिल्लो हप्ता हरेक दिन कम्तीमा ४० देखि ७० जना संक्रमित थपिएका छन्। उनीहरुमध्ये अधिकांश विदेशबाट आएका व्यक्ति रहेकाे समाचारमा जनाइएको छ। पछिल्लो दुई दिनमा दुई व्यक्तिको मृत्यु भएपछि संक्रमणबाट ज्यान जानेको संख्या २८७ जना पुगेको बताइएको छ। संक्रमितहरु बढीजसो चर्चमा गएका व्यक्तिहरुबाट भएका बताइएको छ।
काेरियामा निकै थोरै संख्यामा मात्र संक्रमितहरु थिए। दक्षिण कोरिया सरकारले कोरोना भाइरसको संक्रमणलाई रोक्न विदेशका अरु देशहरुको तुलनामा प्रभावकारी काम गरेको बताइएको थियो। तर समाचारमा दक्षिण कोरियामा पनि पछिल्लो समयमा संक्रमितहरुको संख्या बढ्दै गएको देखिएको छ।
दक्षिण कोरियाको सरकारले गएको जुन ३ तारिखदेखि कोरोना भाइरसको परीक्षण सुरु गरेको थियो। त्यस यता आजसम्ममा सरकारले करिब १३ लाख ७० हजार भन्दा बढी व्यक्तिको परीक्षण गरेको जनाएको छ।
(रासस/सिन्ह्वा)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।