एजेन्सी–भारतको कानपुरमा ८ प्रहरीको हत्याका मुख्य अभियुक्त विकास दुबे पक्राउ परेका छन्। उनी मध्यप्रदेशको उज्जैनबाट पक्राउ परेका हुन्।
मध्यप्रदेशका गृहमन्त्री नरोत्तम मिश्रले दुबे पक्राउको पुष्टि गरेकाे बिबिसीले जनाएको छ। यसलाई उनले मध्यप्रदेश प्रहरीको ठूलो सफलता भएको बताएका छन्। दुबेलाई उज्जैनस्थित महाकाल मन्दिरका सुरक्षाकर्मीले पक्राउ गरेर मध्यप्रदेश प्रहरीलाई बुझाएको जनाइएको छ।
यही असार १८ गते अभियुक्त विकास दुबे पक्राउ गर्न कानपुरको विकरु गाउँ गएको प्रहरी टोलीमध्ये ८ जनाको हत्या भएको थियो। प्रहरी टोलीमाथि दुबे समूहले अन्धाधुन्ध गोली प्रहार गरेको थियो। दुबेमाथि पूर्व राज्यमन्त्री हत्यासहित ६० वटा मुद्दा रहेको जनाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।