एजेन्सी–फेरि संक्रमण बढ्न थालेपछि अस्ट्रेलियाको मेलबर्नमा दोस्रो पटक लकडाउन गरिएको छ। यसअनुसार अब करिब ५० लाख मेलबर्नबासीहरुलाई अब अत्यावश्यक कामबाहेक घरबाट बाहिर निस्कन अनुमति हुनेछैन।
लकडाउन लागू गरेसँगै सहरको चारैतिर घेराबन्दी गरिएको छ भने कैयौं स्थानमा चेकप्वाइन्ट पनि बनाइएको छ। भिक्टोरिया राज्यबाट अन्य राज्यमा आवतजावत गर्ने सीमा बन्द गरिएको छ।
अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले बुधबार सम्बोधनका क्रममा पूरै देशका लागि मेलबर्नबासीले प्रतिबन्धहरु सहेको भन्दै प्रशंसा गरेका थिए।
मंगलबार मेलबर्नमा १ सय ९१ र बुधबार १ सय ३४ नयाँ संक्रमण फेला परेको थियो। हालसम्म अस्ट्रेलियामा ९ हजार संक्रमित छन् भने १ सय ६ जनाको मृत्यु भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।