एजेन्सी- ब्राजिलका राष्ट्रपति जैर बोलसोनारोमा कोरोना संक्रमण देखिएको छ। सोमबार ज्वरो आउनेलगायतका लक्षण देखिन थालेपछि उनले चौथो पटक आफ्नो कोरोना परीक्षण गराएका थिए।
राष्ट्रपति बोलसोनारोले कोरोना संक्रमणलाई सामान्य फ्लू भएको र यसबाट आफू गम्भीर रूपमा संक्रमित नहुने बताउँदै आएका थिए।
उनले केही दिनअघि त्यहाँका स्थानीय सरकारलाई आर्थिक गतिविधीमा ह्रास आएको भन्दै जारी लकडाउन खुकुलो पार्न आग्रह समेत गरेका थिए। बोलसोनारोले गत अप्रिलमा आफूलाई पनि कोरोना भाइरसको संक्रमण हुनसक्ने भन्दै यसलाई धेरै गहन रूपमा नदिई सामान्य फ्लूको रूपमा लिन आग्रह गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।