एजेन्सी–विश्वभर कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या १ करोड १५ लाख नाघेको छ। जोन्स हप्किन्स विश्वविद्यालयको पछिल्लो तथ्यांकअनुसार विश्वमा संक्रमितको संख्या १ करोड १५ लाख ७९ हजार ८ सय ३७ पुगेको हो। संक्रमणबाट मृत्यु हुनेको संख्या ५ लाख ३६ हजार ८ सय १४ पुगेको छ।
सबैभन्दा बढी प्रभावित अमेरिकामा २९ लाख ३१ हजार १ सय ४२ संक्रमित पुगेका छन् भने १ लाख ३० हजार २ सय ४८ जनाको मृत्यु भइसकेको छ। यस्तै, ब्राजिलमा १६ लाख २३ हजार २ सय ८४ संक्रमित र ६५ हजार ४ सय ८७ मृत्यु, रुसमा ६ लाख ८६ हजार ७ सय ७७ संक्रमित र १० हजार २ सय ७१ को मृत्यु तथा भारतमा ६ लाख ९७ हजार ४ सय १३ र १९ हजार ६ सय ९३ जनाको मृत्यु भएको छ।
विश्वभर कोरोनाबाट निको हुनेको संख्या ६२ लाख ६९ हजार ८ सय ६० पुगेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।