एजेन्सी–नयाँ संक्रमण देखिएपछि स्पेनको उत्तर–पश्चिमी क्षेत्र गालिसिया क्षेत्रमा पुनः लकडाउन गरिएको छ।
अधिकारीहरुका अनुसार गालिसियामा २ सय ५८, लुगोको अ मारिनामा १ सय १७ जनामा नयाँ संक्रमण देखिएको हो। ती क्षेत्रमा आइतबारदेखि शुक्रबारसम्म लकडाउन गरिएको हो। १० जनाभन्दा बढी भेला हुन नपाउने र अनुहारमा अनिवार्य मास्क लगाउन भनिएको छ।
स्थानीय बारबाट पुनः संक्रमण फैलिएको आशंका गर्दै बारको क्षमताको ५० प्रतिशतभन्दा बढी मानिस उपस्थित हुन नपाइने नियम लगाइएको छ। यसअघि क्याटलोनिया क्षेत्रमा पनि पुनः लकडाउन लगाइएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।