काठमाडौं- चन्द्रागिरि हिल्सले प्राथमिक सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा नागरिक लगानी कोषलाई नियुक्ति गरेको छ। चन्द्रागिरिले स्थानीय बासिन्दा र सर्वसाधारणलाई १८ लाख ४० हजार ९१० कित्ता प्राथमिक सेयर निष्काशन गर्ने छ।
आइपिओ निष्काशनका लागि कम्पनीले गत जेठ २५ गते नेपाल धितोपत्र बोर्डमा निवेदन दिइसकेको छ। सार्वजनिक निष्काशनसँगै कोषले १८ करोड ४० लाख ९१ हजार रुपैयाँ बराबरको सेयर प्रत्याभुतको सम्झौता गरेको छ।
उक्त प्रत्याभूतिमा कोषको तर्फबाट कार्यकारी निर्देशक रमण नेपाल र चन्द्रागिरि हिल्सको तर्फबाट कम्पनीका महाप्रबन्धक अभिषेक विक्रम शाहले हस्ताक्षर गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।