काठमाडौं- लगानीकर्ताले सहज रुपमा कारोबार गर्न नसक्दा तीव्र उतारचढावका बीचमा सेयर बजार बन्द भएको छ। नेप्सेले अनलाइन प्रणालीबाट सेयर कारोबार गर्दा एउटा मात्रै डिम्याट प्रयोग गर्नुपर्ने व्यवस्थाले केहि दिनदेखि सप्लाइ रोकिएको छ। दुईवटा डिम्याट प्रयोग गर्ने लगानीकर्ताको सेयर म्याचिङ हुन सकेको छैन।
एउटा ब्रोकरबाट दिएको अर्डर अर्को ब्रोकरकोमा म्याचिङ हुन नसक्दा लगानीकर्ता समस्यामा परेका छन्। एकपटक अर्डर गर्दा म्याचिङ भएन भन्ने केहि समयपछि अर्डर गर्दा त्यहि सेयर बिक्री हुने अवस्थाले लगानीकर्ताले चाहेको सेयर बिक्री गर्न सकेनन्। केहि दिनदेखिको राजनीतिक अस्थिरताले पनि सेयर बजारलाई टेवा पुर्याएको छ। सरकार परिवर्तन वा नेकपाको फुटको समाचारले बजारमा उतारचढावमा राम्रो भूमिका खेल्यो।
कारोबार सुरु भएको केहि समयमै २४ अंक भन्दा धेरैले सुधार भएको बजार १४ अंकसम्मले तल झर्याे। तीव्र उचारचढावका बीचमा सेयर बजार सुधार भएर रोकिएको हो। नेप्से सूचक ०.७४ प्रतिशतले बढेर १२६५ अंकमा रोकियो। ५ वटा सूचक घटे पनि बाँकी सूचक सुधार भएका छन्। सबैभन्दा धेरै जीवन बीमा र अन्य सूचकमा सुधार आएकाे छ। सूर्योदय र जनउत्थानक लघुवित्तको सेयर मूल्य ९ प्रतिशत भन्दा माथिले सुधार भएको छ।
लगानीकर्ताले नेप्सेको अनलाइन प्रणालीमा चलखेल भएको बताए पनि नेप्सेका अनुसार प्रणालीमा कुनै पनि परिवर्तन गरिएको छैन। तर लगानीकर्ताले सहज रुपमा सेयर बिक्री गर्न नसक्दा बजार सुधार हुने संकेत देखिएको थियाे। नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्षको मौद्रिक नीतिको तयारी गर्दै गर्दा लगानीकर्ताहरुले मोनिटरी पोलिसी बजारलाई सपोर्ट गर्ने गरी आउने अपेक्षा गरेका छन्। यसले पनि भोलिका दिनमा बजार सुधार हुन मद्दत गर्ने छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।