काठमाडौं- गत माघमा लोकसेवा आयोगले कृषि विकास बैंकको १० औँ तहका अधिकृतका लागि परीक्षा लियो। आन्तरिक प्रतिस्पर्धामार्फत् ४ जना माग भएकोमा १५ जना सहभागी भएका थिए।
लोकसेवा आयोगले असार १९ गते अर्थात् गत शुक्रबार यसको नतिजा सार्वजनिक गर्यो। नतिजाअनुसार एकजना पनि उत्तीर्ण भएनन्।
'कृषि विकास बैंक लिमिटेडको यस आयोगबाट लिइएको लिखित परीक्षाको देहायका विज्ञापनमा सम्मिलित उम्मेद्वारहरूमध्ये कुनै पनि उम्मेद्वार उत्तीर्ण नभएको व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशन गरिएको छ,' लोकसेवाको सूचनामा भनिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।