काठमाडौं-साधना लघुवित्त वित्तीय संस्थाले आजदेखि सर्वसाधारणका लागि ६ लाख ६१ हजार कित्ता प्राथमिक शेयर निष्काशन गरेको छ। संस्थाले सर्वसाधारणतर्फको ७ लाख ७ हजार ८०० कित्तामध्ये १० हजार ८९० कित्ता कर्मचारीका लागि, ३५ हजार ३९० कित्ता सामूहिक लगानी कोषका लागि र बाँकी ६ लाख ६१ हजार सर्वसाधारणका लागि छुट्टाइएको छ।
संस्थाले पहिलो चरणमा असार २४ गतेसम्म निष्कासन खुला गर्नेछ। यदि पहिलो चरणमा बिक्री नभएमा ढिलोमा साउन ४ गतेसम्म निष्कासन गर्न सक्ने छ। तर लघुवित्तको शेयर निष्कासन भएको केही समयमै बिक्री हुने गरेको छ।
सर्वसाधारणले न्यूनतम १० कित्ता र अधिकतम १ हजार कित्तासम्मका लागि आवेदन दिन सक्ने छन्। प्राथमिक शेयर निष्कासनका लागि गरिएको रेटिङअनुसार 'इक्रा एनपी आइपीओ ग्रेड चार' प्राप्त गरेको छ। प्राथमिक शेयर निष्कासनपछि कम्पनीको चुक्ता पुँजी २१ करोड ७७ लाख रुपैयाँ पुग्ने छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।