काठमाडौं-साउदीमा कोरोनाका कारण अप्ठ्यारो परेका २ हजार ५ सय ४७ नेपालीहरु स्वदेश फर्किएका छन्।
शनिबारसम्म हिमालय तथा नेपाल एयरलाइन्सका विभिन्न १३ उडानमार्फत् उनीहरु स्वदेश फर्किएका हुन्।
१८ जुनदेखि साउदीमा समस्यामा परेका नेपालीहरु स्वदेश फर्काउन सुरु गरिएको थियो।
त्यस्तै लकडाउनका कारण महिनौँदेखि साउदीमा अड्किएका ४० वटा शवसमेत स्वदेश ल्याइएको छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।