काठमाडौँ - एनआइसी एसिया लघुवित्त वित्तीय संस्था लिमिटेडको साधारण शेयर आज बाँडफाँड भएको छ। सानिमा क्यापिटलले सर्वसाधारणमा बिक्री गरिएको शेयर बाँडफाँड गरेको हो।
उक्त कम्पनीको शेयर आवेदन गर्ने सबैले न्यूनतम् १० कित्ताका दरले शेयर प्राप्त गरेका छन्। कूल ४६ हजार ५७९ जनाले गोलाप्रथाको माध्यमबाट थप १० कित्ता शेयर प्राप्त गरेको बिक्री प्रबन्धक सानिमा क्यापिटलले जनाएको छ।
सो लघुवित्तले प्रतिशेयर रु १०० अङ्कित दरका ४६ लाख ५५ हजार कित्तामध्ये ७४ हजार कित्ता कर्मचारीलाई, २ लाख ३७ हजार ८०० कित्ता सामूहिक लगानी कोष र बाँकी रहेको ४४ लाख ४३ हजार २०० कित्ता साधारण शेयर यही असार १० देखि १४ गतेसम्म सर्वसाधारणलाई बिक्री गरेको थियो। सार्वजनिक निष्कासनमा ५.१९ गुणा बढी आवेदन परेको थयो। -रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।