काठमाडौं- साधना लघुवित्त वित्तीय संस्था लिमिटेडले आइतबार ६ लाख ६१ हजार ५ सय २० कित्ता प्राथमिक सेयर (आइपिओ) निस्कासन गर्ने भएको छ। सेयरका लागि असार २४ गतेसम्म आवेदन दिन सकिनेछ।
साधना लघुवित्त वित्तीय संस्थाको जारी पूँजी २१ करोड ७७ लाख ८० हजार रुपैयाँको ३२.५० प्रतिशत हुन आउने ७ करोड ७ लाख रुपैयाँ बराबरको ७ लाख ७ हजार ८ सय कित्ता सेयर मध्ये ०.६० प्रतिशत अर्थात १० हजार ८ सय ९० कित्ता सेयर कर्मचारीका लागि छुट्याइएको छ।
त्यस्तै ५ प्रतिशत अर्थात ३५ हजार ३ सय ९० कित्ता सेयर सामूहिक लगानी कोषका लागि छुट्याएर बाँकी ६ लाख ६१ हजार ५ सय २० कित्ता साधारण सेयर निस्कासन गर्न लागेको हो। उक्त संस्थाले इक्रा रेटिङमा ४ं ग्रेड पाएको छ।
धितोपत्र निस्कासन तथा बिक्री प्रबन्धकका रुपम ग्लोबल आइएमइ क्यापिटल लिमिटेड रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।