गुआनाजुतो- मध्य मेक्सिकोको एउटा लागूऔषध पीडितको पुनर्स्थापना केन्द्रमा बन्धुकधारीको गोली प्रहारबाट कम्तीमा २४ जनाको मृत्यु भएको छ। स्थानीय सुरक्षास्रोतका अनुसार उक्त आक्रमणमा अरु सात जना घाइते भएका छन्।
प्रहरीका अनुसार प्रारम्भिक विवरणमा ती आक्रमणकारीहरु पुनर्स्थापना केन्द्रमा जबर्जस्ती प्रवेश गरेर त्यहाँ रहेका व्यक्तिलाई अन्धाधुन्ध गोली प्रहार गरेका थिए। उनीहरुले केन्द्रमा रहेका व्यक्तिहरुलाई भुइँमा सुत्न लगाएर लहरै गोली चलाएको प्रत्यक्षदर्शीको भनाई उदृत गर्दै प्रहरीले जनाएको छ।
रातो सवारी साधनमा आएका आक्रमणकारीको खोजी कार्य तीव्र बनाइएको प्रहरी अधिकारीहरुले जनाएका छन्। बुधबार भएकाे उक्त घटनाका घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको छ। आक्रमणकारीले कसैलाई पनि अपहरण नगरेको प्रहरीको भनाई छ।
गुआनाजुतो राज्यमा मेक्सिकोका ठूला उद्योगहरु तथा कार निर्माणका ठूला कारखाना रहेका छन्। यहाँ केही वर्षदेखि संगठित अपराधका घटना तीव्र रुपमा बढेका छन्।
(रासस–एएफपी)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।