काठमाडाैं- उत्तरी म्यानमारको एउटा रत्न खानीमा पहिरो जाँदा ११३ जनाको मृत्यु भएको छ। कचिन प्रान्तमा भएको उक्त घटनामा केही मानिसहरु अझै पुरिएको बताइएकाे छ।
सरकारी निकायले ११३ वटा शव भेटिएको र उद्धारकार्य जारी भएको जनाएको छ। ठूलो वर्षापछि माटो बग्दा खानीमा बहुमूल्य रत्न ‘जेड’ खोज्न गएका मानिसहरु पुरिएकाे आपत्कालीन उद्धार गर्ने निकायले जनाएकाे छ।
बिबिसीका अनुसार म्यानमार जेडको प्रमुख स्रोत हो। तर त्यहाँका खानीहरुमा बारम्बार दुर्घटनाहरु हुने गरेका छन्। म्यानमारले प्रत्येक वर्ष ३० अर्ब डलरभन्दा बढी रकमको जेड कारोबार गर्छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।