काठमाडौं- बजार खुलेको दोस्रो दिनबाट उकालो लाग्न सुरु भएको नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक यो हप्ता कारोबारको अन्तिम दिन बिहीबार भने फेरि ओरालो लागेको छ।
बिहीबार नेप्सेमा नेगेटिभ सर्किट लागेको छ। बिहीबार बजार खुलेको २३ मिनेटमा पहिलो नेगेटिभ सर्किट लागेको थियो। पहिलो सर्किटपछि २० मिनेट बन्द भएर खुलेको बजारमा ३ मिनेटभित्रै दोस्रो नेगेटिभ सर्किट लागेको थियो।
बजार ५.२ प्रतिशतले घटेपछि कारोबार ४० मिनेटका लागि स्थगित गरिएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।