एजेन्सी–दक्षिण अमेरिकी मुलुक ब्राजिलमा एकै दिन ४६ हजारभन्दा बढी संक्रमित थपिएका छन्।
जोन्स हप्किन्स विश्वविद्यालयको पछिल्लो तथ्यांकअनुसार ब्राजिलमा बुधबार ४६ हजार ७ सय १२ संक्रमित थपिएका हुन्। योसँगै त्यहाँ संक्रमितको संख्या १४ लाख ४८ हजार ७ सय ५३ पुगेको छ । २४ घण्टामा ब्राजिलमा १ हजार ३८ जनाको मृत्यु भएको छ। ब्राजिलमा कोरोना भाइरस संक्रमणबाट मृत्य हुनेको संख्या ६० हजार नाघेको छ।
ब्राजिल अहिले विश्वमै कोरोना भाइरसको ‘हट स्पट’ बनिरहेको छ । गत १९ जुनमा त्यहाँ ५४ हजार ७ सय ७१ जना संक्रमित थपिएर एकै दिन धेरै संक्रमित थपिने रेकर्ड कायम भएको छ।
यसैगरी, अमेरिकामा संक्रमितको संख्या २६ लाख ८२ हजार २ सय ७० पुगेको छ भने १ लाख २८ हजार २८ जनाको मृत्यु भएको छ। रुसमा ६ लाख ५३ हजार ४ सय ७९ जना संक्रमित र ९ हजार ५ सय २१ जनाको मृत्यु भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।