तेहरान– इरानको राजधानी तेहरानस्थित एक स्वास्थ्य क्लिनिकमा भएको बिस्फोट र आगलागीका कारण कम्तीमा १९ जनाको मृत्यु भएको छ। इरानी आपतकालीन सेवाका अनुसार मृत्यु हुनेहरुमा १५ जना पुरुष र ४ जना महिला रहेका छन्।
प्रारम्भिक अनुसन्धानमा स्वास्थ्य उपचार गर्ने एक क्लिनिकको तल्लो तलामा राखिएका अक्सिजनका सिलिण्डर बिस्फोट भएका पाइएको छ।
प्रहरी र उद्धारकर्मीले घटनास्थलबाट अरु घाइतेको उद्धार गरी अस्पताल लगेका थिए। उक्त घटनामा कुनै असामाजिक तत्वको संलग्नता रहे नरहेको बारेमा प्रहरीले अनुसन्धान सुरु गरेको जनाएको छ।
(रासस–एएनआई)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।