एजेन्सी–विश्वभर कोरोना महामारीबाट संक्रमित हुनेको संख्या १ करोड ४ लाख पुगेको छ। जोन्स हप्किन्स विश्वविद्यालयको पछिल्लो तथ्यांकअनुसार विश्वभर कोरोना संक्रमित हुनेको संख्या १ करोड ४ लाख ३४ हजार ८ सय ३५ पुगेको हो। यस्तै महामारीबाट मृत्यु हुनेको संख्या ५ लाख ९ हजार ७ सय ७९ पुगेको छ।
कोरोनाबाट सबैभन्दा बढी प्रभावित अमेरिकामा संक्रमितको संख्या २६ लाख २९ हजार ३ सय ७२ पुगेको छ भने मृत्यु हुनेको संख्या १ लाख २७ हजार ३ सय २२ पुगेको छ। अर्को दक्षिण अमेरिकी मुलुक ब्राजिलमा १४ लाख २ हजार ४१ संक्रमित र ५९ लाख ५ सय ९४ को मृत्यु भएको छ।
यस्तै रुसमा ६ लाख ४६ हजार ९ सय २९ संक्रमित र ९ हजार ३ सय ६ को मृत्यु, भारतमा ५ लाख ६६ हजार ८ सय ४० र १६ हजार ८ सय ९३ को मृत्यु, बेलायतमा ३ लाख १४ हजार १ सय ६० संक्रमित र ४३ हजार ८ सय १५ जनाको मृत्यु भएको छ।
यसैगरी, कोरोनाबाट संक्रमणबाट मृत्यु हुनेको संख्या ५३ लाख २२ हजार ७ सय ८५ पुगेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।