एजेन्सी–भारतमा एकै दिन १९ हजारभन्दा बढी नयाँ संक्रमित थपिएका छन्। पछिल्लो विवरणअनुसार २४ घण्टामा १९ हजार ४ सय ५९ संक्रमित थपिएका हुन्।
भारतमा हालसम्म संक्रमितको संख्या ५ लाख ४८ हजार ३ सय १८ पुगेको छ भने मृत्यु हुनेको संख्या १६ हजार ४ सय ७५ पुगेको छ। गत २४ घण्टामा त्यहाँ ३ सय ८० जनाको मृत्यु भएको छ। यस्तै, ३ लाख २१ हजार ७ सय २२ संक्रमित निको भएका छन्।
केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार सबैभन्दा बढी प्रभावित महाराष्ट्रमा संक्रमितको संख्या १ लाख ४६ हजार ६ सय २६ पुगेको छ भने ७ हजार ४ सय २९ पुगेको छ भने अर्को प्रभावित राज्य दिल्लीमा ८३ हजार ७७ संक्रमित र २ हजार ६ सय २३ को मृत्यु भएको छ।
तमिलनाडुमा ८२ हजार २ सय ७५ संक्रमित र १ हजार ७९ को मृत्यु, गुजरातमा ३१ हजार ३ सय २०, तेलांगनामा १४ हजार ४ सय र आन्ध्र प्रदेशमा १३ हजार २ सय ४१ सक्रमित भएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।