Honda Honda
Skip This
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज २२, २०८३ Thu, Oct 8, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अर्थ समाचार

काठमाडौं महानगरपालिकाको नीति तथा कार्यक्रम : व्यापारीलाई कर छुटदेखि मेयरसँग युवा कार्यक्रमसम्म

64x64
नेपाल लाइभ बिहीबार, असार ४, २०७७  १८:२२
1140x725

काठमाडौं- काठमाडौं महानगरपालिकाले आगामि आर्थिक वर्ष २०७७/०७८ का लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। 

काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले बिहीबार राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रमबाट नीति तथा कार्यक्रम सार्वजनिक गरेका हुन्। कोभिड १९ महामारी संक्रमण रोकथाम तथा नियन्त्रणलाई पहिलो प्राथमिकतामा राख्दै काठमाडौं महानगरपालिकाले लकडाउनका कारण जनजीविकामा पारेको असरलाई न्यूनीकरण तथा जनजीवनलाई सामान्य अवस्थामा फर्काउन महानगरपालिका प्रयासरत रहेको नीति तथा कार्यक्रममा उल्लेख छ।

मुख्यतया महानगरपालिकाले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा स्वास्थ्य सेवा तथा कोभिड १९ महामारी नियन्त्रण, शिक्षा सुधार, खाद्य सुरक्षा, उद्यमशीलता विकास तथा रोजगारी प्रवर्द्धन र युवा स्वरोजगारलाई प्राथमिकता दिइएको छ। 

आवागमन व्यवस्थापन र कोरोना संक्रमण नियन्त्रण
महानगरपालिकाले कोभिड १९ महामारी संक्रमण रोकथाम तथा नियन्त्रणका लागि बाहिरी जिल्लाबाट काठमाडौं भित्रने र विदेशबाट फर्किएका व्यक्तिहरुको आवागमन व्यवस्थापनलाई पनि प्राथमिकतामा राखेको छ। कोभिड–१९ महामारी फैलन नदिन योजना तयार गरी तत्काल लागू गर्ने तथा उपत्यकाका अरु नगरपालिकासँग पनि सहकार्य गरेर कार्यान्वयनमा लैजान पहल गरिने नीति तथा कार्यक्रममा उल्लेख छ।

‘कोभिड–१९ का कारण विगत तीन महिनादेखि मुलुक लकडाउनको अवस्थामा रहेकोमा हाल क्रमिक रुपमा सामान्यतर्फ उन्मुख भइरहेको महशुस भए पनि परिस्थिति कुनै पनि बेला विषम हुन सक्ने देखिन्छ। यो महामारीबाट पूर्ण उन्मुक्ति कहिलेसम्म पाइन्छ भन्न सकिने स्थिति छैन।’ नीति तथा कार्यक्रममा भनिएको छ।

व्यापार व्यवसायमा सहुलियत, करमा छुट 
कोभिड–१९ का कारण अस्तव्यस्त बनेको महानगरपालिकाभित्रको व्यापार व्यवसायलाई स्वभाविक अवस्थामा फर्काउन चुनौती रहेको नीति तथा कार्यक्रममा उल्लेख छ। महानगरभित्र संचालित व्यापार व्यवसायहरुलाई विशेष सहुलियतको नीति महानगरले लिएको छ। ‘स्थानीय समुदाय, निजी क्षेत्र, सुरक्षा निकाय, यातायात व्यवसायीसँग सहकार्य गरी आर्थिक तथा पर्यटन क्षेत्रमा योगदान दिने निश्चित क्षेत्रहरु रातको समयमा सञ्चालन गर्नका लागि आवश्यक नीतिगत तथा पूर्वाधारको व्यवस्था मिलाइनेछ। उद्योगी, व्यवसायी तथा स्थानीय समुदायसँगको सहकार्यमा विभिन्न अवसरमा स्वदेशी उत्पादनको व्यापार प्रवर्द्धन मेला आयोजना गरिनेछ।’ नीति तथा कार्यक्रममा भनिएको छ।  

महानगरपालिकाले आगामी आर्थिक वर्षलाई करदाता अभिलेखन वर्ष घोषणा गरेको छ। आगामी आर्थिक वर्षभित्रै वैज्ञानिक र एकिकृत करदाता अभिलेख तयार पार्न व्यवस्थापनमा स्नातक र स्नातकोत्तर अध्ययनरत जनशक्ति परिचालन गरी कोभिड–१९ बाट समस्यामा परेका करदाताहरुलाई उचित छुट तथा सहुलियतको व्यवस्था मिलाउने पनि नीति तथा कार्यक्रममा उल्लेख छ। 

व्यवस्थित फुटपाथ र साइकलमा अनुदान 
महानगर क्षेत्रभित्रको फुटपाथ व्यवस्थापनलाई पनि महानगरपालिकाले प्राथमिकतामा राखेको छ। सर्वसाधारणको दैनिक आवागमन सहजता बनाउन तथा भौतिक दूरी कायम राख्न मुख्य सडक, बजार तथा चोकहरुमा फुटपाथ व्यवस्थित र चौडा  बनाउने नीति महानगरपालिकाको छ। ‘भौतिक दूरी कायम राखी यात्रा गर्न सबैभन्दा सरल र कम खर्चिलो यातायातको साधन साइकल भएको हुँदा महानगरबासीलाई साइकल प्रयोग गर्न प्रोत्साहन गरिनेछ। महानगरपालिकाका जनप्रतिनिधी तथा कर्मचारीहरुलाई साइकल खरिदमा अनुदान दिने नीति लिइनेछ,’ नीति तथा कार्यक्रममा भनिएको छ। 

Ncell 2
Ncell 2
nimb
nimb

५० शैय्याको अस्पताल 
कम्तिमा ५० शैय्याको सुविधा सम्पन्न अस्पताल स्थापना गर्ने विषयलाई पनि महानगरपालिकाले नीति तथा कार्यक्रममा राखेको छ। महानगरबासीहरुका लागि ‘स्वस्थ जीवनका लागि स्वच्छ आहार विहारको नीति अवलम्बन गर्ने तथा गुणस्तरीय एवं न्युनतम स्वास्थ्य सेवा प्राप्त गर्न पाउने हकलाई सुनिश्चित गर्न सबै सरकारी, नीजि र सामुदायिक अस्पतालबाट प्रदान गरिने स्वास्थ्य सेवाको गुणस्तर नियमन र अनुगमन गर्ने विषयलाई पनि नीति तथा कार्यक्रममा राखिएको छ। ‘वडा–वडामा मिर्गौला जोगाउ अभियान र अर्वुद रोगलगायत अन्य दीर्घ रोगको स्वास्थ्य परीक्षण गर्न दीर्घरोग स्वास्थ्य परीक्षण कार्यक्रम सञ्चालन गर्ने विषय पनि उल्लेख छ। 

विश्व सम्पदा क्षेत्रलाई पर्यटकीय हब 
महानगरको नीति तथा कार्यक्रममा नुमानढोका दरबार क्षेत्र, स्वयम्भू, बौद्ध र पशुपतिक्षेत्रलाई पर्यटकीय हबका रुपमा विकास गर्ने कामको थालनी आगामी आर्थिक वर्षबाटै गर्ने उल्लेख छ। उपत्यकाभित्रका पर्यटकीय क्षेत्रहरु जोड्ने गरी विद्युतीय ‘हप अन हप अफ’ बस सेवा सञ्चालन गरिने पनि उल्लेख छ। 

एकीकृत उपत्यका विकास कार्यक्रम 
एकीकृत उपत्यका विकास कार्यक्रमलार्ई पनि महानगरपालिकाले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा समेटेको छ। उपत्यकालाई समृद्ध सहरको रुपमा विकास गर्न अरु नगरपालिकासँगको सहकार्यमा उपत्यका एकीकृत विकास कार्यक्रम अघि बढाउने र विकासका कामलाई गति दिई सार्वजनिक सेवामा सुशासनको प्रत्याभूति गराउन सुलभ तथा गुणस्तरीय रुपले सेवा प्रवाह गर्न क्रमशः विद्युतीय पद्धतिमा रुपान्तरण गरिने नीति लिइएको छ। 

समृद्धिको लागि सहकारी अभियान
काठमाडौँ महानगरपालिकाले ‘समृद्धिको लागि सहकारी अभियान’लाई पनि कार्यान्वयनमा ल्याउने कुरा नीति तथा कार्यक्रममा उल्लेख छ। अनौपचारिक क्षेत्रमा संलग्न महिला, दैनिक ज्यालादारीमा कार्य गर्ने मजदूरहरुलाई सहकारीमा आबद्ध गराउन विशेष कार्यक्रमको व्यवस्था गरिने कुरा नीति तथा कार्यक्रममा राखिएको छ।

Xtrem

Xtrem

त्यस्तै तरकारी, फलफूल, घरेलु खाद्य उद्योग, सरसफाई क्याफे तथा रेस्टुरेन्ट, मनोरञ्जन, प्राविधिक, पेशागत शिल्पी, स्वास्थ्य क्षेत्र समेतमा आधारित उपभोक्ता, श्रमिक र उत्पादक सहकारी संस्था प्रबद्र्धनमा जोड दिइने कुरा पनि नीति तथा कार्यक्रममा राखिएको छ। 

युवाको जाँगर, समृद्ध महानगर
काठमाडौं महानगरपालिकाले ‘युवाको जाँगर, समृद्ध महानगर’ अभियानअनुरुप युवाशक्ति परिचालनको नीति अवलम्बन गर्ने र यसका लागि युवासँग अर्थपूर्ण सहभागिता र सहकार्यमा जोड दिने नीति लिएको छ। खेलकूदको माध्यमद्वारा युवाहरुको व्यक्तित्व विकास गर्न महानगर क्षेत्रमा शारीरिक व्यायमशाला, हेल्थ क्लब, रंगशाला/कबर्डहल तथा बहुउद्देश्यीय खेल मैदानको विकास र विस्तार तथा युवाहरुलाई कुलत र दुर्व्यसनबाट बचाउन सचेतनामूलक, रोकथाममूलक तथा उपचारात्मक कार्यक्रमहरु संचालन गर्ने योजना पनि नीति तथा कार्यक्रममा राखिएको छ।

महानगरभित्रका सहयोगी युवा समूहको सूची तयार गरी प्रत्येक वडामा युवासँग मेयर कार्यक्रम सञ्चालन गरिने कुरा पनि नीति तथा कार्यक्रममा समावेश गरिएको छ। स्टार्टअपको माध्यमबाट उद्यमी बन्न चाहने युवाहरुलाई उत्पादन डिजाइन, प्रविधि, बजार, वित्त व्यवस्था, कानुनआदिको परामर्श एकै स्थानमा उपलब्ध गराउने विषय पनि नीति तथा कार्यक्रममा राखिएको छ। 

मेड इन काठमाडौं अभियान सञ्चालन
बसन्तपुर क्षेत्रको मरुटोलमा रहेको सिंहसत्तललाई गैर सरकारी संस्थासँगको सहकार्यमा निर्यात प्रबर्द्धन केन्द्रको रुपमा विकास गर्ने तथा ‘मेड इन काठमाडौं’ अभियान सञ्चालन गर्ने नीति महानगरपालिकाले लिएको छ। महानगरपालिका क्षेत्रभित्रका विभिन्न स्थानहरुमा नेपाली वस्तुहरुको बजार कोशेली घर वा यही प्रकृतिका बजार विस्तार गर्ने नीति लिएको छ। 

शहिद धर्मभक्त माथेमा महानगर मानवसेवा आश्रम
महानगरपालिकाले ‘भोकै कोही पर्दैन, भोकले कोही मर्दैन’ भन्ने नारासहित महानगरभित्र सडक आश्रित मानव उद्धार गर्ने कार्यलाई निरन्तरता दिने उल्लेख गरेको छ। त्यस्तै सडकका सहयोगापेक्षी र मानव सेवालाई दिगो र संस्थागत बनाउन शहिद धर्मभक्त माथेमा महानगर मानवसेवा आश्रमको भवन संरचना लगायतका पूर्वाधार विकासका लागि महानगरले आवश्यक सहयोग गर्ने जनाएको छ। 

काष्ठमण्डप पुनःनिर्माणको काम सक्ने 
काठमाडौं महानगरपालिकाले काष्ठमण्डप पुनःनिर्माणको कामलाई आगामि आर्थिक वर्षभित्रै सम्पन्न गर्ने नीति तथा कार्यक्रममा उल्लेख गरेको छ। बागमती, विष्णुमती, धोबीखोला, सामाखुशी, ईच्छुमती, मनोहरालगायतका नदीनालाहरुलाई अतिक्रमण मुक्त गरी सफा र सुन्दर बनाउने नीति महानगरको छ।

त्रिपुरेश्वरदेखि टेकुसम्मको बागमती किनारालाई श्री हुतराम वैद्य स्मृति पैदलमार्गको रुपमा विकास गर्ने र  पचली कालोपुलदेखि टेकु दोभानसम्मको नदी किनारालाई भगवानदास मानन्धर स्मृति स्थलको रुपमा विकास गरिने पनि उल्लेख छ। 

महानगर विशेष भत्तामा निरन्तरता 
अघिल्ला वर्षहरुजस्तै आगामी वर्ष पनि ७५ वर्ष पुगेका महिला र ८० वर्ष उमेर पुगेका पुरुषलाई वरिष्ठ ज्येष्ठ नागरिकका रुपमा दिइने वार्षिक १२ हजार रुपैयाँ बराबरको महानगर विशेष भत्तामा निरन्तरता दिइएको छ। 

खुला क्षेत्रको संरक्षण र महानगरपालिको आफ्नै भवन
सार्वजनिक जग्गाहरुमा बालमैत्री उद्यान, योगपार्क तथा ज्येष्ठ नागरिकमैत्री पार्कहरु र खुला क्षेत्रहरुको रुपमा विकास गरिने कार्यलाई निरन्तरता दिने, मेयर उज्यालो कार्यक्रमलाई प्रभावकारी रुपमा अघि बढाउने, मुख्य चोकहरुमा हाइमास्ट बत्ती जडान गर्ने, काठमाडौं महानगरपालिका क्षेत्रभित्र रहेका बागमती, विष्णुमती, धोबीखोला र मनोहरा नदीमा आवश्यकताअनुसार मानिसहरु आवत जावत गर्न मिल्ने पुल तथा बेलीब्रिजहरुको क्रमिक रुपमा निर्माण गर्ने, नेपाल सरकार, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ संस्थाहरुको सहकार्यमा काठमाडौं महानगर क्षेत्रभित्रका विद्युत, टेलिफोन, केवल टिभि, इन्टरनेटलगायतका तारहरुलाई भुमिगत गर्ने कार्यलाई निरन्तरता दिने कुरा महानगरपालिकाको वार्षिक नीति तथा कार्यक्रममा राखिएको छ।

त्यस्तै महानगर क्षेत्रभित्रका सरकारी, सार्वजनिक तथा पर्ति जग्गा अतिक्रमण गरी बनाइएका संरचना हटाई सार्वजनिक जग्गा संरक्षण गर्ने कार्यलाई थप प्रभावकारी रुपमा कार्यान्वयन गर्ने नीति काठमाडौं महानगरपालिकाले लिएको छ।

शहरी यातायात व्यवस्थापन, हरियाली प्रबर्द्धन तथा नदी किनारको एकिकृत विकास गर्न बागमती, विष्णुमती, मनोहरा, दानगाः खुशी (बल्खु खोला), करः खुशी, महादेव खोला, रुद्रमती (धोबीखोला), ईच्छुमती (टुकुचा), सामाखुशी (खोला), इन्द्रावती खोला, चखुँचा खोलालगायतका नदी किनारहरुमा तटबन्ध तथा सडक निर्माण (कोरिडर विकास) कार्यलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्ने तथा न्युरोड क्षेत्रको एकिकृत विकास तथा सौन्दर्यीकरण गरिने र काठमाडौं महानगर प्रवेश गर्ने स्थानहरुमा कलात्मक स्वागतद्वार वा स्तम्भहरु निर्माण गर्ने कुरा पनि नीति तथा कार्यक्रममा राखिएको छ। 

महानगरको स्वामित्वमा रहेको टेकुस्थित जग्गामा आफ्नै कार्यालय भवन आगामी आर्थिक वर्षभित्रै निर्माण कार्य शुरु गर्ने कुरा पनि नीति तथा कार्यक्रममा राखिएको छ। 

एकीकृत बस्ती विकासको नीति, उपत्यकाका चारवटै दिशामा अग्नि नियन्त्रण इकाई स्थापना गरिने
सुरक्षित भवन निर्माणलाई प्रोत्साहन गर्ने उद्देश्यले दुई वा दुईभन्दा बढी जग्गाधनीहरुको सहमतिमा एउटै आवासीय भवन निर्माण गर्ने गरी नक्सा पेश गरेमा नक्सापास दस्तुरमा ९० प्रतिशत छुट दिने नीतिलाई आगामि आर्गिक वर्षका लागि पनि निरन्तरता दिइएको छ। नीति तथा कार्यक्रममा काठमाडौं महानगर क्षेत्रभित्रका भवनहरुको सबलता, सुरक्षा र जोखिम न्यूनीकरण गर्न प्रचलित भवन निर्माणसम्बन्धी मापदण्डमा समयानुकुल संशोधन गरी कार्यान्वयनमा ल्याउने कुरा उल्लेख छ।

‘हाल सञ्चालनमा रहेको मनोहरा जग्गा एकीकरण आयोजनाअन्तर्गतको काठमाडौं महानगरपालिका क्षेत्रमा हुने भवन निर्माणलाई व्यवस्थित गर्न विशेष नीति र मापदण्ड जारी गरी सो क्षेत्रलाई नमुना बस्तीको रुपमा विकास गरिनेछ,’ नीति तथा कार्यक्रममा भनिएको छ। 

त्यस्तै काठमाडौंको भित्री सहरमा रहेका पुराना भवनहरुको जोखिमलाई न्यूनीकरण गर्न त्यस्ता भवनहरुको स्थानमा सुविधा सम्पन्न एकीकृत बस्ती विकास गर्ने नीति लिने र स्थानीय घरधनीहरुको सहमति र प्रत्यक्ष सहभागितामा र नेपाल सरकारका सम्बद्ध निकायहरुको आवश्यक सहयोग तथा समन्वयमा नमुना आवास क्षेत्रको विकास गर्ने कार्य काठमाडौ महानगरपालिका १८ वडाअन्तर्गतको किलांक्व दम्बोचुकबाट सुरु गरिने उल्लेख गरिएको छ।

महानगरपालिकाको चारै दिशाहरुमा अग्नि नियन्त्रण एकाईको स्थापना गरिने नीतिअनुसार आगामी आर्थिक वर्षभित्रमा कोटेश्वर, कलंकी र महाराजगञ्जमा अग्नि नियन्त्रण एकाईको स्थापना गर्ने लक्ष्य लिएको छ।

प्रकाशित मिति: बिहीबार, असार ४, २०७७  १८:२२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
कांग्रेसको मतदान समय दोस्रोपटक सर्‍यो, अब दिउँसो १ बजेदेखि
साउदीका दुई विमानस्थलमा आक्रमण, तीन जनाको मृत्यु
कालीमाटीमा रातो आलु ५५ रुपैयाँ, सिताके च्याउ ८००
सम्बन्धित सामग्री
कालीमाटीमा रातो आलु ५५ रुपैयाँ, सिताके च्याउ ८०० कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (बिहीबार) का लागि कृषिउपजको न्यूनतम थोक मूल्य सार्वजनिक गरेको छ। बिहीबार, असोज २२, २०८३
आज यस्तो छ विदेशी मुद्राको विनिमयदर नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १५४ रुपैय... बिहीबार, असोज २२, २०८३
१७ अर्ब नाघ्यो प्रधानमन्त्री राहत कोषमा मौज्दात प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार  कोषका विभिन्न खातामा आज राति ८:०० बजेसम्म मौज्दात रकम रु. १७ अर्ब ६ करोड ८० लाख... बुधबार, असोज २१, २०८३
ताजा समाचारसबै
कांग्रेसको मतदान समय दोस्रोपटक सर्‍यो, अब दिउँसो १ बजेदेखि बिहीबार, असोज २२, २०८३
साउदीका दुई विमानस्थलमा आक्रमण, तीन जनाको मृत्यु बिहीबार, असोज २२, २०८३
कालीमाटीमा रातो आलु ५५ रुपैयाँ, सिताके च्याउ ८०० बिहीबार, असोज २२, २०८३
आईपीयू महासभामा नेपालको आपत्कालीन प्रस्ताव दुई-तिहाइ बहुमतले निर्वाचित बिहीबार, असोज २२, २०८३
कांग्रेसको नयाँ नेतृत्व चयन गर्न ६ बजेसम्म तीन स्थानमा मतदान हुने बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
गगन बने कांग्रेसकाे सर्वसम्मत सभापति, घोषणा बाँकी बुधबार, असोज २१, २०८३
तीनकुने झडप प्रकरण : दुर्गा प्रसाईंलगायतलाई कारबाही गर्न सिफारिस बुधबार, असोज २१, २०८३
यस्ता छन् मन्त्रिपरिषद्का ६ निर्णय बुधबार, असोज २१, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
नाना पाटेकरको हृदयघातबाट निधन बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
फ्लाई दुबई घटनामा नयाँ अपडेट : घाइते क्याप्टेन स्थिर, यूएईले खोज्दैछ घटनाको उद्देश्य बिहीबार, असोज १५, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्