एजेन्सी- चीनको बेइजिङमा कोरोना भाइरसको संक्रमण बढेपछि हवाई उडान र विद्यालय बन्द गरिएको छ। बुधबार समेत ३१ नयाँ संक्रमित फेला परेपछि हजार बढी हवाई उडान र विद्यालय बन्द गरिएको हो।
चीनमा कोरोना संक्रमण नियन्त्रण भइसकेको भन्दै हवाईलगायतका यातायातलगायतका सबै प्रतिबन्ध खुलाइए पनि एकाएक बेइजिङमा कोरोना संक्रमण फर्किएको थियो। बुधबारसम्म बेइजिङमा एक सय ३७ नयाँ कोरोना संक्रमित फेला परिसकेका छन्।
स्थानीय प्रशासनले बेइजिङ निवासीलाई सहर छाडेर बाहिर नजान आग्रह गरेको छ। बेइजिङमा ५० दिनसम्म कुनै नयाँ कोरोना संक्रमित फेला परेको थिएन।
गत साताबाट एकाएक संक्रमित फेला पर्न थालेका हुन्। चीनको वुहानबाट पहिलो पटक कोरोना संक्रमण सुरु भएको थियो। बेइजिङको एक खाद्यान्न बजारबाट दोस्रो चरणको संक्रमण फैलिएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।