काठमाडौं- शुक्रबार साढे ५ बजेतिर संयुक्त अरब इमिरेट्स (युएई)को सारजहाँबाट १ सय ६८ नेपाली लिएर एयर अरेबियाको जहाज काठमाडौं अवतरण गर्यो। युएईको स्थानीय समय अनुसार दिउँसो १२ बजेर ३ मा उडेको सो जहाज शुक्रबारै काठमाडौंको समयअनुसार करिब साढे ५ बजे त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको थियो।
विमानमा लामो समयदेखि युएईमा अड्किएका नेपालीलाई स्वदेश फर्काइएको हो। युएईले प्राथमिकता तय गरी गर्भवती, बिरामी, खान बस्न समस्या भएर अलपत्र परेका र आममाफी पाएका नेपालीलाई ल्याइदिएको हो।
काठमाडौं उत्रिएपछि उनीहरूले नेपाली सेनाले व्यवस्थापन गरी होल्डिङ सेन्टरमा लगेको छ। प्रदेशअनुसार होल्डिङ सेन्टरले व्यवस्थापन गरेका छन्। नेपाली भूमिमा उत्रिएका धेरैजसोको अनुहारमा खुशी देखिन्थ्यो। उनीहरूको मन (४० किलो)को भारी पनि हलुङ लागेजसरी नै ट्रलीमा गुडाइरहेका थिए। यसका साथै उनीहरुको ठूलो चिन्ता पनि अब किनारा लाग्ने क्रमको धेरै काम भइसकेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।