काठमाडौं- परराष्ट्रमन्त्री प्रदिपकुमार ज्ञवालीले कुवेतमा रहेका नेपालीहरूका सम्बन्धमा जानकारी लिनका लागि समकक्षी डा अम्मद नासेर अल मोहम्मदसँग टेलिफोन वार्ता गरेका छन्।
वार्तामा कुवेतमा रहेका नेपालीको सुरक्षा, हित र नेपालमा सुरक्षित तरिकाले फिर्तीलगायतका विषयमा छलफल भएको छ।
सरकारले कुवेतबाट रोजगारी गुमेका, खान बस्न समस्या भएका तथा आममाफी पाएका श्रमिकहरू स्वदेश फर्काउने तयारी गरेको छ।
कुवेतमा आममाफी पाएका करिब ३५ सय नेपालीहरूलाई पहिलो प्राथमिकताका साथ स्वदेश फर्काउने तयारी गरिएको छ। उनीहरूको हवाई शुल्क पनि कुवेत सरकारले नै बेहोर्ने भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।