नयाँ दिल्ली- जुन १ अर्थात् सोमबारदेखि छिमेकी भारतमा लकडाउनको पाँचौं चरण‚ अनलक १ को नाम दिएर केही खुल्ला गरिदैंछ। केन्द्र सरकारले अनलक जुन १ देखि जुन ३० सम्म कन्टेनमेन्ट जोनमा मात्र लागू हुनेछ।
राज्य सरकारहरूलाई कोरोना भाइरस रोक्नका लागि कुनै पनि गतिविधि गर्न सक्ने अधिकार पनि दिइएको छ। राज्यले यस्ता क्षेत्र बाहेकमा सामान्य जिन्दगी सुरु गर्न सक्नेछन्। अनलकको पहिलो चरणमा ८ जुनदेखि गृह मन्त्रालयले सपिङ मल, होटल, रेष्टुरेन्ट र धार्मिक स्थल खोल्न अनुमति दिने निर्णय गरेको थियो।
स्कुल कलेजजस्ता शिक्षण संस्थाहरू भने दोस्रो चरणमा मात्र खोल्ने तयारी छ। अन्तर्राष्ट्रिय हवाई यात्रा बन्दै रहनेछ भने स्वीमिङ्ग पुल, पार्क, थिएटर र अन्य राजनीतिक र सामाजिक गतिविधीका कामहरू सञ्चालन हुनेछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।