नयाँ दिल्ली- भारतमा केन्द्र सरकारले जुन १ देखि ३० सम्म लकडाउनको नयाँ गाइडलाइन जारी गरेको छ। भारत सरकारले एक महिनासम्म चरणबद्ध रूपमा लकडाउन गर्ने र परिस्थितिअनुसार क्रमशः सबै खोल्दै जाने निर्णय गरेको हो।
राती नौ बजेदेखि बिहान पाँच बजेसम्म भने सबै गतिविधी रोकिनेछन्।
यी गतिविधी खोलिने छन्
पहिलो चरणमा आठ जुनपछि धर्मिकस्थल, होटल, रेष्टुरेन्टहरू, सपिङ मल खोल्न अनुमति दिइनेछ। यसका लागि सरकारले अलग्गै निर्देशिका जारी गर्नेछ।
दोस्रो चरणमा स्कुल, कलेज, शिक्षण संस्थाहरूलाई खुकुलो बनाउने विषयमा राज्य र केन्द्र प्रशासित प्रदेश सरकारसँगको छलफलपछि निर्णय लिइने बताइएको छ।
तेस्रो चरणमा दुई चरणको विश्लेषण गर्दै अन्तर्राष्ट्रिय विमान यात्रा, मेट्रो सेवा, सिनेमा हल जिम र स्विमिङ पुलहरू खोल्ने तथा पार्क र मनोरञ्जनस्थल खुल्ला गर्ने तयारी गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।