रोल्पा- शुक्रबार चट्याङ लागेर रोल्पामा २ महिलाको ज्यान गएको छ। यसरी ज्यान गुमाउनेहरुमा रोल्पाको त्रिवेणी गाउँपालिका-७ गैरीगाउँकी २१ वर्षीया आशा बुढा र सोही ठाउँकी ७५ वर्षीया खिरमाली बाँठा रहेको प्रहरीले बताएको छ।
प्रहरीका अनुसार घरभित्र बसिरहेको अवस्थामा उनीहरुलाई चट्याङ लागेको थियो। चट्याङमा परी गम्भिर घाईते उनीहरुलाई रोल्पा अस्पताल ल्याउने क्रममा बाटोमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी नायव उपरीक्षक चित्रवहादुर गुरुङले जानकारी दिए।
रोल्पामा यसै वर्ष यसअघि नै २ जनाले पनि चट्याङ ज्यान गुमाएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।