बेइजिङ- कोरोना भाइरसको सुरुवात भएको चीनमा फेरि पाँच जना नयाँ संक्रमित फेला परेका छन्। २६ नोभेम्बरमा चीनमा २३ नयाँ संक्रमित फेला परेका थिए। दुई दिनमा २८ नयाँ संक्रमित देखा परेका हुन्।
गत वर्ष ३१ जनवरीमा चीनको वुहानवाट सुरु भएको कोरोना भाइरस अहिले विश्वभर फैलिएको छ। अहिले सबैभन्दा धेरै प्रभावित अमेरिका भएको छ। अमेरिकामा करिव १७ लाख मानिसमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ भने १ लाख १६ हजारले ज्यान गुमाएका छन्।
यसरी संक्रमण देखिएका पाँच जनामा कुनै पनि लक्षण देखिएको छैन। एक दिन पहिले २३ नयाँ बिरामी देखा परेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।