• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज ७, २०८३ Wed, Sep 23, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
ब्लग

फर्जी प्रधानमन्त्रीको देशवासीका नाममा सम्बोधन

रमेश ज्ञवाली मंगलबार, जेठ १३, २०७७  १५:४५
1140x725

आदरणीय दाजुभाइ तथा दिदीबहिनीहरु,
विभिन्न दुखकष्ट सहेर लामो लकडाउन सहनु भई सरकारलाइ सहयोग गर्नु भएकोमा सरकारको तर्फबाट आम नागरिकलाई हार्दिक धन्यवाद दिन चाहन्छु। आफ्नो ज्यान हत्केलामा राखेर दिनरात खट्नुहुने स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीप्रति आम जनताको तर्फबाट मेरो हार्दिक सम्मान छ। तपाइहरूको योगदानको मैले शब्दमा बयान गर्न सक्दिनँ। 

म अहिले सरकारको तर्फबाट कोरोना नियन्त्रणका साथै अन्य आइपरेका समस्या समाधान तथा बजेटको काममा समेत व्यस्त भएकोले सरकारले तत्काल गर्न लागेका विभिन्न काम कारबाही बुँदागत रूपमा पेश गरेको छु।

१.    कोरोना नियन्त्रण सम्बन्धमा
विश्व स्वास्थ्य संगठनले बनाएको मार्गनिर्देशनमा आधारित रहेर, संक्रमण रहेको क्षेत्रमा दिनमा कम्तीमा एक हजार पिसिआर परीक्षणको व्यवस्था गरिएको छ। सोको अनुगमनको लागि स्वास्थ्यमन्त्रीको नेतृत्व रहने गरी सरुवा रोग तथा जनस्वास्थ्यका विज्ञ सम्मिलित एउटा सल्लाहकार समूहको गठन गरिएको छ, जसमा संसदमा प्रतिनिधित्व गर्ने सबै दलका एकएक जना प्रतिनिधि रहेका छन्। संक्रमणको जोखिमलाई ध्यानमा राखेर यो टिम स्वास्थ मन्त्रालयमा कार्यरत रही होटलमा बस्ने व्यवस्था गरिएको छ। यो टिमसँग चौबिसै घण्टा र्‍यापिड रेस्पोन्स टिम रहनेछ जसले सबै जिल्लामा नियमन, निर्देशन तथा सहजीकरण गर्नेछ। 

माथि उल्लेखित परीक्षण तथा अन्य कार्यको लागि रकम तत्काल निकास गर्न अर्थ मन्त्रालयलाई निर्देशन दिइएको छ। यही टिमले नै परीक्षणका लागि चाहिने सबै सामग्री, पिपिई तथा अन्य सामग्रीको खरिद तथा वितरणको कार्य गर्ने छ।

२.    लकडाउन सम्बन्धमा
संक्रमित ठाउँको अवस्था हेरेर लकडाउन खुकुलो गरी आर्थिक गविविधि सुचारु गर्न तथा जोखिम क्षेत्र पहिचान गरी सोअनुसार निर्णय लिन चिकित्सक र अर्थशास्त्री संलग्न रहेको एक विज्ञ समूहको गठन गरिएको छ। विज्ञले ५ दिनभित्र दिएको सिफारिसमा अर्को हप्ता लकडाउन पुनरावलोकन हुनेछ। विज्ञको सिफारिसअनुसार विभिन्न ठाउँको लकडाउन हट्ने, खुकुलो हुने र विभिन्न व्यवसाय आंशिक संचालनमा आउने विश्वास गरेको छु। साथै केही मात्रामा आन्तरिक हवाइ तथा यायायात सुचारु गराउने कोशिस जारी छ।

३.    भारतबाट आउने नागरिकका सम्बन्धमा
नेपाली सेनालाई हरेक सीमा नाकामा परिचालन गरिनेछ। भारतबाट आइरहेकाहरूलाई क्रमश भित्र्याएर चेकजाँच गरिने छ। उनीहरूलाई  प्रदेश सरकारले स्थानीय सरकारको  सहयोग लिएर आआफ्नो नगर र गाउँपालिकासम्म लैजाने व्यवस्था गर्नेछ। उनीहरूलाई आफ्नै ठाउँमा क्वारेन्टाइन तथा परीक्षणको व्यवस्था गरिने छ। बसोवास तथा खानपिनको व्यवस्था पनि पालिकाहरूले गर्नेछन्।

४.    अन्य देशमा रहेका नागरिकका सम्बन्धमा
मलाइ थाहा छ, तपाइहरू जन्मभूमी फर्कन र आफ्नो माटो चुम्न आतुर हुनुहुन्छ संकटको यो घडीमा। घरपरिवारबाट टाढा रहेर परिश्रम गरेर दुइचार पैसाको लागि तपाइहरूले गरेको दुख र त्यसबाट राष्ट्रिय ढुकुटीमा भएको योगदान हामीले भुल्न कसरी सक्छौं र? जीउधनकै सुरक्षा नभएको यो अवस्थामा सरकार तपाइहरुसँगै छ। मैलै र परराष्ट्रमन्त्रीले तपाइहरू रहेको देशका सरकार तथा राष्ट्रप्रमुखसँग तपाइहरूको सुरक्षाको कुरा गरेका छौं। संकटको यो घडीमा वाँचे एक छाक खाएर बाचौंला मर्नै परे, हामीसंगै मरौंला। त्यसैले तपाईहरुलाई स्वदेश फर्काउन परराष्ट्र मन्त्रालयलाई मैले निर्दैशन दिएको छु। संख्या र अवस्था नुसार केही समय लाग्ला तर तपाइहरू सबै घर फर्किनुहुने छ।

५.    छिमेकीसँगको सम्बन्धमा
पछिल्लो पटक मित्रराष्ट्रसँग देखिएको सीमा विवादमा देशभित्र देखिएको अभूतपूर्व एकताको लागि सबै राजनीतिक दलहरू तथा तपाइहरू सबै धन्यवादका पात्र हुनुहुन्छ। विदेश नीतिमा दल वा व्यक्ति विशेष नभई राष्ट्र प्रधान हुन्छ भन्ने प्रमाणित भएको छ। यसको दीर्घकालीन समाधानका लागि परराष्ट्र मन्त्रालयलाई सहयोग गर्ने गरी पूर्व प्रधानमन्त्रीहरू प्रचण्ड, माधवकुमार नेपाल, शेरबहादुर देउवा र बाबुराम भट्टराई सल्लाहकार रहने गरी सीमाविद्, अन्तर्राष्ट्रिय कानुन तथा अन्तर्राष्ट्रिय सम्बन्धका विज्ञको एक कार्यदल बनाइएको छ।

Ncell 2
Ncell 2
nimb
nimb

६.    आपूर्ति सम्बन्धमा
लकडाउनका कारण आपूर्ति व्यवस्था सुचारु गर्न वाणिज्य तथा आपुर्ति मन्त्रालयलाई सहयोग गर्न एक विज्ञ टोली बनाइएको छ। यसले कम्तीमा ६ महिनाको लागि औषधि, खाद्यान्न, ग्यास तथा पेट्रोलियम पदार्थको बन्दोबस्ती गर्ने छ। साथै किसानको तरकारी, दूध तथा फलफुल खेर गइरहेको गुनासो आएकोले प्रत्येक स्थानीय निकायले सवारीको व्यवस्था गरी घरबाटै ती सामग्री उठाएर उपभोक्तासम्म सुपथ मूल्यमा वितरण गर्ने व्यवस्था गरिएको छ।

७.    शिक्षा सम्बन्धमा
अनलाइन कक्षाको अनुगमन, शुल्कबारेको अन्यौललगायतको समाधान गर्न शिक्षाविदको टिम बनाइएको छ, जसले शिक्षा मन्त्रालयलाई एक हप्ताभित्र मार्ग निर्देशन गर्नेछ। साथै अब कसरी र कहिले कक्षा सुचारु गर्न सकिन्छ, सोबारे पनि राय दिने छ।

८.    उपचार सम्बन्धमा
कोरोना संक्रमणको डरले अन्य स्वास्थ्य समस्या भएका बिरामीको उपचार नभएको गुनासो आएकोले हाल कायम नीजि, सरकारी तथा अन्य अस्पताल र स्वास्थ्यकर्मीलाई कोभिड र नन-कोभिडमा वर्गीकरण गरिएको छ। त्यसैले कोरेना लागेकाहरुको लागि अब छुट्टै अस्पताल र स्वास्थ्यकर्मी हुनेछन्। यसबीचको शुल्क तथा संचालन खर्च व्यवस्थापनका लागि एक हप्तामा अवधाराणा पेस गर्ने गरी ५ जना चिकित्सक रहेको एक विज्ञको टास्क फोर्स गठन गरिएको छ। कोभिड उपचारमा संलग्न स्वास्थ्यकर्मीलाई होटलमा बस्ने बन्दोबस्त गरिएको छ।

९.    आर्थिक गतिविधि सम्बन्धमा
सांसदले पाउने विकास बजेटलाई स्थानीय सरकारले प्रयोग गर्ने गरी निर्णय भएको छ। विदेशबाट फर्किने नागरिकको रोजगारी तथा व्यवस्थापनको लागि दीर्घकालीन रणनीति बनाउन राष्ट्रिय योजना आयोगको नेत्रित्व हुने गरी सम्बन्धित क्षेत्रका विज्ञको टास्क फोर्स बनाइएको छ। यो फोर्सले एक महिनामा ठोस योजनासहितको परामर्श दिने छ।

१०.    राहत व्यवस्थापन सम्बन्धमा
होटल, उद्योग तथा सेवा प्रदायक संस्थाहरूमा कोरोनाको कारण परेको असरबारे अध्ययन गरी के कस्तो सहयोगको आवश्यक पर्छ सोको अध्ययन गर्न विज्ञको टास्क फोर्स बनाइएको छ। सोको आधारमा आगामी बजेटमा कार्यक्रम राखिने छ। साथै विपन्न वर्गको दैनिक गुजारा तथा अन्य राहतको पनि यही कार्यदलले अनुगमन गर्नेछ।

११.    सुशासन तथा अनुगमन सम्बन्धमा
संकटको समय भएकोले देशको ठूलो धनराशी यसको समाधानमा लाग्नु स्वाभाविक नै हो। साथै यस्तो अवस्थामा श्रोतको दुरुपयोग नहोस् भन्ने कुरामा सरकार सचेत छ। यसलाई पारदर्शी बनाउन सरकारले गरेका खरिदलगायतका गतिविधि र गुणस्तरको अनुगमन गर्न प्रमुख विपक्षी दलको नेतृत्वमा संसदमा रहेका सबै दलका सदस्य र सम्बन्धित क्षेत्रका विज्ञसमेत गरी एउटा अनुगमन संयन्त्र बनाइएको छ। यसले सरकारका काम कारबाहीबारे साप्ताहिक रूपमा प्रतिवेदन सार्वजनिक गर्नेछ।

१२.    आपत्कालीन सहायता कक्ष
गृह मन्त्रालयमा चौबिसै घण्टा संचालन हुने सञ्चार सामग्रीसहितको एउटा र्‍यापिड रेस्पोन्स टिम हुने छ। यो टिमको नेतृत्व पालैपालो एक जना मन्त्रीले गर्नुहुनेछ। यसमा विशेषज्ञ चिकित्सकको टोली पनि तयारी अवस्थामा हुनेछ। यो टोलीसँग विभिन्न सवारी, एम्बुलेन्स तथा हेलिकप्टर तयारी अवस्थामा रहने छ। देशको कुनै पनि ठाउँबाट आएका आपतकालिन समस्याको परामर्श तथा मद्दत गर्नु यो संयन्त्रको जिम्मेवारी हुनेछ। मैले प्रत्येक दिन त्यहाँ गएर भए/गरेका काम कारबाहीको प्रगति विवरण लिनेछु।

मैले अर्को हप्ता गर्ने सम्बोधनमा, माथि उल्लेखित क्षेत्रमा के-कति प्रगति भए तपाईहरुलाई बताउने छु।

तपाईहरूको साथ र सहयोगका लागि धन्यवाद।
तपाईहरूकै फर्जी प्रधानमन्त्री। 

@gyawaliramesh

प्रकाशित मिति: मंगलबार, जेठ १३, २०७७  १५:४५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
आज तीन वटा संसदीय समितिका बैठक बस्दै
आईएमईसीलाई ट्रम्प प्रशासनको बलियो समर्थन
एमाले केन्द्रीय कमिटीको बैठकको तेस्रो दिन पनि केन्द्रीय सदस्यहरूले धारणा राख्ने
सम्बन्धित सामग्री
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ भक्तपुर क्यान्सर अस्पतालमा उनको परीक्षण भयो। मनको त्यो डर तीतो सत्यमा परिणत भयो। उनलाई ठूलो आन्द्राको क्यान्सर रहेछ, त्यो पनि चौथो च... आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता ओखलढुंगा र दैलखकी यी दुई जना मात्र होइन, नेपालमा अझै पनि ५३ प्रतिशत गर्भपतन असुरक्षित रुपमा हुने गरेको तथ्यांक छ। नेपाल सरकारले सन्... शनिबार, असोज ११, २०८२
ताजा समाचारसबै
आज तीन वटा संसदीय समितिका बैठक बस्दै बुधबार, असोज ७, २०८३
आईएमईसीलाई ट्रम्प प्रशासनको बलियो समर्थन बुधबार, असोज ७, २०८३
एमाले केन्द्रीय कमिटीको बैठकको तेस्रो दिन पनि केन्द्रीय सदस्यहरूले धारणा राख्ने बुधबार, असोज ७, २०८३
न्यूयोर्कमा परराष्ट्रमन्त्री खनाल र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता बुधबार, असोज ७, २०८३
राजनीतिक कार्यक्रममा सहभागी शिक्षकमाथि कारबाही गर्न शिक्षा मन्त्रालयको निर्देशन बुधबार, असोज ७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रतिनिधि सभामा रास्वपा सांसदको बोली बन्द!, किन रोके सभामुखले? [भिडियोसहित] मंगलबार, असोज ६, २०८३
रेशम चौधरीको कैद मिनाहा सदर, राष्ट्रपतिको निर्णयविरुद्धको रिट खारेज मंगलबार, असोज ६, २०८३
त्रिपुरेश्वर बस आगलागी : मृतकको लाइसेन्समा अर्कैको नाम, पहिचान खोज्दै प्रहरी मंगलबार, असोज ६, २०८३
प्रधानमन्त्री शाहको अमेरिका भ्रमण, के–के छ तालिका? मंगलबार, असोज ६, २०८३
महासभाको यात्रामा बालेनलाई स्वर्णिमले किन दिए ‘द राइज एन्ड फल अफ द ग्रेट पावर्स’? मंगलबार, असोज ६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्